भदौ १८, विराटनगर | विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा-७ को लक्ष्मी प्राविलाई मर्ज गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, विराटनगर | विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा-७ को लक्ष्मी प्राविलाई मर्ज गर्"/>
१ माघ २०८२, बुधबार
पत्रपत्रिकाबाट

तीस जोर लुगाले बचाएको विद्यालय अहिले बन्यो नमूना !

१८ भाद्र २०७३, शनिबार ०२:२१

भदौ १८, विराटनगर | विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा-७ को लक्ष्मी प्राविलाई मर्ज गर्ने प्रक्रिया थाल्यो ।

त्यो विद्यालयलाई नजिकको दुर्गा प्राविमा मिलाउन प्रधानाध्यापक कृष्णबहादुर सुवेदीलाई निर्देशन दिइएको थियो । तर सुवेदी भने विद्यालय मर्जमा जाने प्रक्रिया थाल्नुको साटो पाँच हजार रुपैयाँ बोकेर बिराटनगर लागे।

जिल्ला सदरमुका पुगेर उनले त्यही पैसाले कपडा खरिद गरे। तीस जोर स्कुल ड्रेस उतै सिलाएर भौडाहा फर्किए। गाउँमा विद्यालय जाने उमेरका बालबालिकालाई जहाँजहाँ भेट्यो त्यहीँ नयाँ लुगा लगाइदिन थाले। सुवेदीको अभियान देखेर अभिभावक छक्क परे। यहाँ सीमान्तकृत सरदार, राजवंशी, ताजपुरिया र मुडियार समुदायको बाहुल्य छ।

तेह्र वर्षअघि बन्द गर्न निर्देशन दिइएको त्यही विद्यालय अहिले श्रव्यदृश्यका माध्यमबाट पठनपाठन गराउने विद्यालयका रुपमा जिल्लामै नमुना बनेको खबर आजको अन्नपूर्णमा खबर छापिएको छ।

‘अहिले तीस जोर लुगा बाँडेर विद्यालय बच्यो भनेर सुनाउँदा धेरैले पत्याउँदैनन्’, सुवेदीले भने, ‘बाटोबाटोमा भेटिएका जति सबै बालबालिकालाई नयाँ लुगा लगाइदिएँ घरघघरमा गएर पनि लुगा बाँडेँ।’

२०६० सालमा यस्तो कदम चालेका उनलाई स्थानीय राजकुमार देवले सघाएका थिए।  सुवेदीले यो कदम चाल्नुअघि विद्यालयमा विद्यार्थी संख्या घटेर ५ जनामा सिमित भएको थियो। बाँसको टाटीले बेरेर खरले छाएको विद्यालय भवन ढल्नमात्र बाँकी थियो। विद्यालयको आफ्नै जमिन थिएन। सुवेदीको कदमले चमत्कार गर्‍यो। पहिलो पटक नयाँ ड्रेस पाएका विद्यार्थीहरू भोलिपल्टदेखि विद्यालय आउन थाले। अहिले यो विद्यालउ शिक्षा कार्यालय मोरङको पहलमा जिल्लाकै नमुना विद्यालय बनेको छ। प्राविबाट बढुवा भएर निमावि बनेको छ। विद्यार्थी संख्या बढेर ३ सय पुगेको छ। कम्प्युटर कक्षा, श्रब्यदृश्य कक्षा र नर्सरीमा मन्टेश्वरीकै पाठ्यक्रम राखेर अंग्रेजी माध्यममा पढाइ हुन थालेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव