१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा जग्गा किन्दा सावधानी अपनाउन सरकारको आग्रह भन्यो- यी १२ प्रकारका जग्गा नकिन्नू

८ जेष्ठ २०७९, आईतवार १०:०५

जेठ ८, काठमाडौँ | जग्गा किनबेचमा सेवाग्राही ठगिएको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकामा जग्गा किनबेच गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सरकारको मातहतमा रहेको उपत्यका विकास प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै काठमाडौंमा जग्गा खरिद गर्दा पैसा फस्ने संभावाना हुने भन्दै १२ प्रकारका जग्गा खरिदविक्री नगर्न आह्वान गरेको हो । यसका साथै प्राधिकरणले जग्गा खरिदगर्दा कस्ता कस्ता कुरामा विशेष ध्यान पुर्‍याउनु पर्छ भनेर पनि उल्लेख गरेको छ । 


यस्तो छ सरकारका औँल्याएको समस्या र सुझाव 

१.फिल्डमा मात्र होइन, नापी नक्सामा सार्वजनिक बाटो कायम गरेको छ, छैन ? नापी र मालपोत कार्यलयमा चेकजाँच गर्नुपर्ने । 

२.राजकूलो,खोल्सी ढाकेर, छोपेर, मचेर बाटो कायम गरिएको छ/छैन  र यसरी बनाइएका बाटोहरू गैरकानुनी हुने । 

३.जग्गा खोला किनार भित्रको हो हैन ? जग्गा फिल्डमा एकतिर देखाइने नापी नक्सामा अन्यत्र भएर दुख पाएका घटनाहरू प्रसस्त छन् । 

४.ढिस्को भासेर, पुरुवा माटोले सम्याइएको जग्गा हो होइन ? 

५.सार्वजनिक जग्गा मिचेर फिल्डमा बाटो कायम गरिएको प्लट ठूलो देखिई झुक्याइएको हुनसक्ने ? 

६.जमिन भासिनेरबग्ने डर छ छैन ? भूक्षय भूस्खलनका कारण घरजग्गा नै भासिएका दुखद् घटनाहरू प्रसस्तै छन् । 

७.सडक मापदण्डअनुसार बाटो विस्तारभित्र पर्ने नपर्ने ?

८.निर्देशित जग्गा विकास कार्यक्रम जीएलडी अन्तर्गत प्रस्तावित सडक रेखाङकनभित्र पर्ने नपर्ने? 

९.उच्च भोल्टेजका विजुलीका तार मुनि परे नपरेको हेर्ने ।

१०.दलदले  र गहिरो खेत पुरेर घडेरी बनाइएको रहेछ भने त्यस्तो ठाउँमा भूकम्पको कम्पन (धक्का) बढी हुन्छ । यस्तो ठाउँमा बनाइने घरहरू माटो परीक्षण गरी विशेष खाले जग हाल्नुपर्ने हुन्छ । नहालेमा आफ्ना परिवार र छिमेकी समेतको जीउ ज्यानको सुरक्षा खतरामा रहन सक्छ । 

११.भूकम्प आगलागी जस्ता अप्रत्यासित प्राकृतिक प्रकोपका बेला आपतकालीन उद्धारका लागि दोहोरो एम्बुलेन्स, दमकल चल्न सक्ने बाटोको चौडाई भएको बाटो रोज्ने । 

१२.प्लटिङका आकर्षित घडेरीहरू भन्ने विज्ञापन प्राय: देखिन्छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृति लिएर प्लटिङ गरेको हो भने मात्र घडेरी खरिद गर्नुपर्नेछ अन्यथा समस्या पर्नसक्छ । 

घर बनाउँदै हुनुहुन्छ वा सधियारको घर बन्दैछ ? 

१ तपाईं घर बनाउँदै हुनुहुन्छ भने नक्सा पास गरर स्वीकृत उँचाई अनुरुपमा मात्र बनाउनु होला । मापदण्ड मिचेर बनाइएका घर टहरा भत्काइनेछन । 

२.ख्याल गर्नुहोस् यदि स्वीकृत मापदण्ड मिचेर छिमेकीले घर बनाउन लागेमा त्यसकाे मारमा तपाईंसमेत पर्नुहुनेछ । भूकम्प वा अन्य कारणले छिमेकीको घर भत्किँदा आगलागी हुाँदा तपाईं पनि जोखिममा पर्न सक्नुहुन्छ । घाम, हावा छेकिएर तपाईं पनि अस्वस्थ हुन सक्नुहुन्छ । छिमेकीको पापको भागिदार तपाईं पनि हुन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने