२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा जग्गा किन्दा सावधानी अपनाउन सरकारको आग्रह भन्यो- यी १२ प्रकारका जग्गा नकिन्नू

२०७९, ८ जेष्ठ आईतवार १०:०५

जेठ ८, काठमाडौँ | जग्गा किनबेचमा सेवाग्राही ठगिएको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकामा जग्गा किनबेच गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सरकारको मातहतमा रहेको उपत्यका विकास प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै काठमाडौंमा जग्गा खरिद गर्दा पैसा फस्ने संभावाना हुने भन्दै १२ प्रकारका जग्गा खरिदविक्री नगर्न आह्वान गरेको हो । यसका साथै प्राधिकरणले जग्गा खरिदगर्दा कस्ता कस्ता कुरामा विशेष ध्यान पुर्‍याउनु पर्छ भनेर पनि उल्लेख गरेको छ । 


यस्तो छ सरकारका औँल्याएको समस्या र सुझाव 

१.फिल्डमा मात्र होइन, नापी नक्सामा सार्वजनिक बाटो कायम गरेको छ, छैन ? नापी र मालपोत कार्यलयमा चेकजाँच गर्नुपर्ने । 

२.राजकूलो,खोल्सी ढाकेर, छोपेर, मचेर बाटो कायम गरिएको छ/छैन  र यसरी बनाइएका बाटोहरू गैरकानुनी हुने । 

३.जग्गा खोला किनार भित्रको हो हैन ? जग्गा फिल्डमा एकतिर देखाइने नापी नक्सामा अन्यत्र भएर दुख पाएका घटनाहरू प्रसस्त छन् । 

४.ढिस्को भासेर, पुरुवा माटोले सम्याइएको जग्गा हो होइन ? 

५.सार्वजनिक जग्गा मिचेर फिल्डमा बाटो कायम गरिएको प्लट ठूलो देखिई झुक्याइएको हुनसक्ने ? 

६.जमिन भासिनेरबग्ने डर छ छैन ? भूक्षय भूस्खलनका कारण घरजग्गा नै भासिएका दुखद् घटनाहरू प्रसस्तै छन् । 

७.सडक मापदण्डअनुसार बाटो विस्तारभित्र पर्ने नपर्ने ?

८.निर्देशित जग्गा विकास कार्यक्रम जीएलडी अन्तर्गत प्रस्तावित सडक रेखाङकनभित्र पर्ने नपर्ने? 

९.उच्च भोल्टेजका विजुलीका तार मुनि परे नपरेको हेर्ने ।

१०.दलदले  र गहिरो खेत पुरेर घडेरी बनाइएको रहेछ भने त्यस्तो ठाउँमा भूकम्पको कम्पन (धक्का) बढी हुन्छ । यस्तो ठाउँमा बनाइने घरहरू माटो परीक्षण गरी विशेष खाले जग हाल्नुपर्ने हुन्छ । नहालेमा आफ्ना परिवार र छिमेकी समेतको जीउ ज्यानको सुरक्षा खतरामा रहन सक्छ । 

११.भूकम्प आगलागी जस्ता अप्रत्यासित प्राकृतिक प्रकोपका बेला आपतकालीन उद्धारका लागि दोहोरो एम्बुलेन्स, दमकल चल्न सक्ने बाटोको चौडाई भएको बाटो रोज्ने । 

१२.प्लटिङका आकर्षित घडेरीहरू भन्ने विज्ञापन प्राय: देखिन्छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृति लिएर प्लटिङ गरेको हो भने मात्र घडेरी खरिद गर्नुपर्नेछ अन्यथा समस्या पर्नसक्छ । 

घर बनाउँदै हुनुहुन्छ वा सधियारको घर बन्दैछ ? 

१ तपाईं घर बनाउँदै हुनुहुन्छ भने नक्सा पास गरर स्वीकृत उँचाई अनुरुपमा मात्र बनाउनु होला । मापदण्ड मिचेर बनाइएका घर टहरा भत्काइनेछन । 

२.ख्याल गर्नुहोस् यदि स्वीकृत मापदण्ड मिचेर छिमेकीले घर बनाउन लागेमा त्यसकाे मारमा तपाईंसमेत पर्नुहुनेछ । भूकम्प वा अन्य कारणले छिमेकीको घर भत्किँदा आगलागी हुाँदा तपाईं पनि जोखिममा पर्न सक्नुहुन्छ । घाम, हावा छेकिएर तपाईं पनि अस्वस्थ हुन सक्नुहुन्छ । छिमेकीको पापको भागिदार तपाईं पनि हुन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै