अराज सिहं बेल्बासे । भदौ २४, कपिलवस्तु | नेपाल सरकार शिक्षा मन्त्रालयको गत वर्षदेखि लागु गरेको तत्काल सुधारको कार्ययोजना २०७३/७४ अनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अराज सिहं बेल्बासे । भदौ २४, कपिलवस्तु | नेपाल सरकार शिक्षा मन्त्रालयको गत वर्षदेखि लागु गरेको तत्काल सुधारको कार्ययोजना २०७३/७४ अनु"/>
१ माघ २०८२, बुधबार
कपिलवस्तु - KPL

कपिलवस्तुको नेपाल आदर्श मावि प्रदेशकै नमुना बन्न सफल

२४ भाद्र २०७३, शुक्रबार ०१:२५

अराज सिहं बेल्बासे । भदौ २४, कपिलवस्तु | नेपाल सरकार शिक्षा मन्त्रालयको गत वर्षदेखि लागु गरेको तत्काल सुधारको कार्ययोजना २०७३/७४ अनुसार कपिलवस्तुको श्री नेपाल आदर्श मा.वि शिवराज पाँच नम्वर प्रदेशकै नमुना सामुदायिक मावि बन्न सफल भएकोछ । शिक्षा नियमावली र निर्देशीकाले तोकेका मापदण्ड अनुसारको विद्यालयको आफ्नै प्रयाप्त जग्गा र भवन, उच्च बिद्यार्थी संख्या, प्राविधिक विषयको पढाई ,सुरक्षा र वजार पहुचले सुगम, शिक्षक दरवन्दीको प्रयाप्तता आदीका आधारमा गरिएको मुल्यांकनमा आदर्श मावि शिवराज प्रथम भएको हो ।

प्रतिस्प्रधाका लागि आवेदन दिएका पाँचवटा मावि मध्ये नेपाल आदर्श मावि शिवराज प्रथम हुदै ५ नम्वर प्रदेशकै एकमात्र नमुनाको रुपमा छनौट भएको सहायक जिल्ला शिक्षा अधिकारी सूर्य भुसालले वताए । शिक्षा मन्त्रालयले तोकेको मापदण्ड अनुसार कपिलवस्तुका ५ वटा सहित अन्य जिल्लाका दर्जनौ माविलाई पछिपार्दै यो मावि नमुना वनेको हो ।

कपिलवस्तुवाट नमुना मा.वि.का लागि आवेदन दिने विद्यालयहरुमा जनता मा.वि. वाणगंगा पिपरा, गौतम बुद्ध मावि जयनगर, छत्रपाली तीर्थादेवि मावि पकडी, बुद्ध पदम मावि तौलिहवा रहेका थिए । यी चारवटा माविहरु सफल हुन सकेनन । नेपाल आदर्श मावि शिवराज जिल्लामा मत्रै प्रथम भएन ।सिंगो प्रदेशमा सफल भएर जिल्लाको शान वढाएकोछ जिसिअ हरिराज गौतमले स्पष्ट पार्नु भयो । यता सो माविका प्रधानाध्यापक मुक्तिराम पोख्र्रेलले प्राप्त सफलताले गौरवान्वित महशुस भएको बताउनु भयो । तत्काल सुधार कार्ययोजनाको कार्यान्वयन सम्बन्धमा शिक्षा मन्त्रालयको शैक्षिक नक्साङ्कन शाखाले हालसम्म गरेको प्रगति अध्ययन तथा विष्लेषण गरेर नतिजा सार्वजनिक गरेको हो ।

५ नम्वर प्रदेश स्तरमा नमुना सामुदायिक आवासीय माविको रुपमा विकासीत हुने अवसर प्राप्त गर्ने गरि कपिलवस्तुको नेपाल आदर्श मावि शिवपुर परेको हो । यसले आवासिय विद्यायल भवन निर्माणका लागि रकम पाउनेछ । सुविधा युक्त पुस्तकालय, खेलकुद तथा मनोरञ्जन पार्क, सबै भाषामा पढाउन पाउने गरि दरवन्दी थप, आधुनिक प्रविधीयुक्त पठन पाठन पद्धतीमा सहयोग मन्त्रालयले पुर्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का