२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच सर्त लागू गरेर खुल्यो प्याराग्लाइडिङ

२०७९, ६ कार्तिक आईतवार ०३:३४

कात्तिक ६, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतका कार्यालयलाई पत्राचार गरेको छ । 

प्राधिकरणले बुधवार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी छानविन समिति गठन गरेको थियो । समितिले शुक्रवार पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न सकिने सहितको प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको हो।

सोही प्रतिवेदनको आधारमा प्राधिकरणले सेवा सुचारु गर्न पाँच शर्त कार्यान्वयन गरेर उडान सुचारु गर्न मातहतका कार्यालयमा पत्राचार भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले भने, 'शुक्रबार नै प्राधिकरणले तोकेको मापदण्ड कार्यान्वयनका लागि आठ विमानस्थल कार्यालयलाई परिपत्र गरेर उडान सुचारु गर्न भनेको छ।

प्राधिकरणले प्याराग्लाइडिङ सेवा सुचारु गर्न प्राधिकरणले व्यावसायिक रुपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र उडान गर्नुपर्ने, उडान भर्ने पाइलटले प्राधिकरणले तोकेको स्वास्थ्य परीक्षणमा योग्य ठहरिएका पाइलटले मात्र उडान भर्न पाउने, व्यावसायिक उडानमा समान पाइलटले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोशाक लगाउनुपर्ने र उक्त पोशाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनुपर्ने भनेको छ । यो समाचार कारोबार दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश