भदौ ३०, काठमाडौं | सरकारले सातवटै प्रदेशमा उच्च अदालत गठन गरी त्यसको मुकाम तोकेसंगै मुलुकमा औपचारिक रूपमा संघीयता कार्यान्वयन सुरु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौं | सरकारले सातवटै प्रदेशमा उच्च अदालत गठन गरी त्यसको मुकाम तोकेसंगै मुलुकमा औपचारिक रूपमा संघीयता कार्यान्वयन सुरु भ"/>
२०८२, २८ चैत्र शनिबार
काठमाडौँ - KTM

नेपालमा संघियताको कार्यान्वयन सुरु, सातै प्रदेशमा तोकियो उच्च अदालत

२०७३, ३० भाद्र बिहीबार ०१:५३

भदौ ३०, काठमाडौं | सरकारले सातवटै प्रदेशमा उच्च अदालत गठन गरी त्यसको मुकाम तोकेसंगै मुलुकमा औपचारिक रूपमा संघीयता कार्यान्वयन सुरु भएको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले हालै संशोधित एवं एकीकृत न्याय प्रशासन, न्याय परिषद्, न्याय सेवा र सर्वोच्च अदालत ऐनबमोजिम ७ उच्च अदालत गठन गरी तिनका कार्यालय रहने मुकाम तोकेको हो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशन भएपछि न्याय परिषद् बैठकले उच्च अदालतमा मुख्य न्यायाधीश र न्यायाधीश तोक्नेछ । मुकाम तोकिएका सातै ठाउँमा असोज २ देखि उच्च अदालतको बोर्ड राखी काम सुरु हुनेछ ।

सरकारले १ नं. प्रदेशको विराटनगर, २ नं. प्रदेशको जनकपुर, ३ नं. प्रदेशको पाटन, ४ नं. प्रदेशको पोखरा, ५ नं. प्रदेशको तुलसीपुर, ६ नं. प्रदेशको सुर्खेत र ७ नं. प्रदेशको दिपायलमा उच्च अदालत राख्ने निर्णय गरको रक्षामन्त्री बालकृष्ण खांड जानकारी दिएका छन् । यी सातै ठाउँमा यसअघि पुनरावेदन अदालत थिए । यसअघि पुनरावेदन अदालत रहेका बाँकी ९ ठाउँलाई भने सरकारले प्रदेश उच्च अदालत मातहतको इजलास तोकेको छ । तिनले उच्च अदालतको इजलासका रूपमा काम गर्नेछन् ।

मन्त्री खांडका अनुसार सातै प्रदेशसभाको चुनाव भएपछि प्रान्तीय संसद्ले तोक्ने राजधानीमा उच्च अदालत रहने गरी हाललाई अस्थायी मुकाममात्र तोकिएको हो । 

- कान्तिपुर दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ