१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

एनआरएनए विवाद: महेश श्रेष्ठ नेतृत्वलाई काम गर्न बाटो खुला, केसी पक्षलाई धक्का

२६ बैशाख २०८२, शुक्रबार १६:२६

काठमाडौँ | गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनद्वारा सर्वसम्मतिले निर्वाचित महेश कुमार श्रेष्ठको टिमलाई काम गर्न रोक्न भन्दै डा. बद्रि केसीले सर्वोच्चमा हालेको रिटमा केसी पक्षलाई नै कारण देखाउ आदेश जारी गरेको छ ।

केसीले महेश श्रेष्ठ भन्दा पहिले आफू निर्वाचित भएको र आफ्नो कार्यकाल अझै ५ महिना बाँकी रहेकोले महेश श्रेष्ठलाई तत्काल काम सुरु गर्न रोक लगाउने गरी अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दिएका थिए । तर उच्चस्तरीय समितिले सर्वोच्च अदालतको न्यायिक आदेशको कार्यान्वयन गर्दै सम्पन्न गरेको अधिवेशनबाट निर्वाचित महेश श्रेष्ठलाई काम गर्न बन्देज लगाउने मागलाई अस्वीकार गर्दै अदालतले बद्री केसीलाई रोक्न पर्नुको कारण देखाउन भनेको छ ।

यसअघि एकता महाधिवेशन रोक्न माग गर्दै उच्च अदालत पाटन र सर्वोच्च अदालत पुगेका केसीलाई दुवै अदालतले महाधिवेशन रोक्ने आदेश नदिएको अवस्था छ । अदालतबाट अधिवेशन रोक्ने र एकता महाधिवेशन सम्पन्न भएपछि पनि अध्यक्ष महेश श्रेष्ठलाई तत्काल काम गर्न रोक्ने केसीले गरेको निरन्तर प्रयास असफल भएको छ ।

सर्वोच्चको आदेशपछि एकता अधिवेशन भएपछि पनि एनआरएनए सचिवालयको साँचो केसी पक्षसँगनै छ । उनले सचिवालयको साचो नवनिर्वाचित समितिलाई बुझाएका छैनन् । संघको ११ औँ अधिवेशनबाट आफू निर्वाचित अध्यक्ष भएको र आफ्नो कार्यकाल अझै बाँकी रहेको दाबी गर्दै बद्री केसीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर बिहीबार उक्त रिट माथिको सुनुवाइपछि न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले निवेदकले माग दाबी गरे जस्तो अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो । अदालतले नियमित प्रकृतिको कारण देखाऊ आदेश मात्रै जारी गरेको छ ।

बद्री केसीको पक्षबाट वरिष्ठ अधिवक्ता विजय मिश्र, अधिवक्ता अपूर्व खतिवडा लगायतले बहस गरेका थिए भने महेश श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त, वरिष्ठ अधिवक्ता दिनमणि पोखरेल र अधिवक्ता डा. नारायणदत्त कँडेलले बहस गरेका थिए ।

एकता महाधिवेशन सुरु हुनु अगावै पनि बद्री केसी पक्षले एकता महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत र उच्च अदालत पाटनमा रिट निवेदनहरू दिएका थिए । तर ती रिट निवेदनमाथि भएका बहस पछि दुवै अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको थियो ।

बद्री केसीले दायर गरेको पछिल्लो रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि एकता महाधिवेशन पक्षधरहरू उत्साहित भएका छन् ।

श्रेष्ठको पक्षबाट बहस गरेका अधिवक्ता डा. नारायणदत्त कँडेलले अब एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न कुनै कानुनी वाधा नरहेको बताए । “बद्री केसीले दाबी गरे जस्तो उनी निर्वाचित अध्यक्ष भएको र उनको कार्यकाल अझै बाँकी रहेको भन्ने दाबी पनि सर्वोच्चले अस्वीकार गरिदियो । त्यसैले अब सर्वोच्चले चिनेको एनआरएनएको वैधानिक कार्य समिति भनेको महेश श्रेष्ठले नेतृत्व गरेको कमिटी मात्रै हो । अरू कुनै पनि कमिटी वैध छैनन्,” डा कँडेलले भने।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पनि सबै पक्षलाई अदालतमा विचाराधीन मुद्दा मामिला फिर्ता लिएर संघमा एकताको वातावरण बनाउन अपिल गरेका छन्। उनले बृहत् एकताका लागि आफ्नो कमिटीले प्रयास जारी राखेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार