Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
४ पुष २०८२, शुक्रबार
महत्वपूर्ण स्थानहरु

धार्मिक, पर्यटकीय, एेतिहाँसिक स्थल- धैबुङ चित्रकालिका मन्दिर

७ मंसिर २०७३, मंगलवार १६:१०


कालिकामाई मन्दिर परिसर र यहाँबाट देखिने सूर्यास्तको दृश्य


रसुवाको दक्षिणी भेगमा अवस्थित धार्मिक, साँस्कृतिकऐतिहासिक महत्वको रूपमा कालिकामाई मन्दिर (धैबुङ
चित्रकालिका माईको नामले
) चिनिदै आएको छ
। यो मन्दिर धैबुङ्ग गाविस
५ कालिकास्थानमा अवस्थित छ । विविध महत्व बोकेको कालिकामाई
मन्दिरको नामबाटै यस ठाँउको नाम कालिकास्थान रहन गएको स्थानीयबासीहरू बताउँछन् ।

कालिकामाई मन्दिर पासाङल्हामु राजमार्गको
काठमाण्डौँदेखि ९४ किमी उत्तर
, रसुवा जिल्लाको सदरमुकाम धुन्चेदेखि २४ किमी दक्षिणमा पर्ने
प्राकृतिक सौन्दर्यले भरिपूर्ण मध्य पहाडको काखमा रहेको छ ।

सामुद्रिक सतहदेखि ६
सय मिटर उचाईमा रहेको वेत्रावती (उत्तरगया) त्रिवेणीदेखि उठ्दै गएको पहाडको
टुप्पोमा करिव १४ सय मिटर उचाईमा रहेको यस क्षेत्र न गर्मी
, न जाडो ९ गर्मीमा हिमालको हावा वहने र
जाडोमा पनि तुषारो नपर्ने, विहान सबेरै रवीको किरणद्दारा प्रज्ज्वल्लमान हुने र
रमणीय वस्तीको लागि उपयुक्त वातावरण भएको स्थानको रूपमा चिनिन्छ ।

प्राकृतिक
दृश्यको धनी
, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको
प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी
कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ ।
 




नुवाकोटको बागेश्वरीबाट देखिने कालिकास्थान र वरपरको दृश्य १



                                                                                                               नुवाकोटको बागेश्वरीबाट देखिने कालिकास्थान र वरपरको दृश्य २

वि.सं. २०६० सालमा
राम्चेको पहिरोले त्यहाँ स्थित सैनिक ब्यारेक बगाएपछि विस्थापित सेना यस मन्दिर
परिषरमा बस्दै आएका छन् । पहिले त्यहाँ काठमाण्डौं
, ललितपुर, भक्तपुर र नुवाकोटका विभिन्न स्थानबाट
समेत वनभोज र कालिकामाईको दर्शन गर्न तथा त्यहाँबाट देखिने विभिन्न दृष्यको अवलोकन
गर्न आउँथे । यो स्थान ब्यारेकले ओगटेपछि अहिले दैनिक रूपमा पूजा आजा गर्न आउनेको
संख्या घटेको छ भने वनभोज गर्न आउनेका लागि पनि ठाउँ अभाव भएको छ । सैनिक ब्यारेक
अन्यत्र सारेर त्यस ठाउँलाई धार्मिक तथा ऐतिहासिक रूपमा विकास गरी पिकनिक स्थलको
रूपमा पनि विकास गर्न सकिने स्थानीयबासी बताउँछन् । हाम्रो कालिकास्थानको प्रचार
गरी पर्यटन विकास र प्रवर्दनमा टेवा पु
¥याऔं ।


हरेपौवाको गोम्बोडाँडाबाट देखिने कालिकास्थान र वरपरको दृश्य 


नुवाकोटको मनकामना गाविस अर्चलेबाट देखिने कालिकास्थानको दृश्य 



अक्षरहरू हाम्रो कालिकास्थान धैबुङ्ग, रसुवा को फेसबुकबाट साभार र तस्वीर प्रेमप्रसाद पौडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ