२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महत्वपूर्ण स्थानहरु

म्याग्दीको सुन्दर गाईखर्क तालको संरक्षणमा चिनियाँ प्रविधिको प्रयोग

२०७५, ७ जेष्ठ सोमबार ०२:०५

जेठ ७, बेनी | म्याग्दी जिल्लाको मालिका गाउँपालिका–५, देवीस्थानको मगर दाङमा रहेको सुन्दर गाईखर्क तालको संरक्षणका लागि स्थानीयले चिनियाँ प्रविधिको प्रयोग गरेका छन् । 

संरक्षण र पूर्वाधार अभावका कारण जीर्ण बन्दै गएको ताललाई चिनियाँ प्रविधि (३३ वटा बोरामा माटोसँगै बाँसको प्रयोग गरी पर्खाल लगाउने विधि) प्रयोग गरी संरक्षण थालिएको हो । 

यस्तो विधिमार्फत तालको क्षेत्रफल र गहिराइ बढाउने, आसपासका क्षेत्रमा तटबन्धन गर्नेलगायत आवश्यक पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय युवा क्लबलगायतका सामाजिक संघसंस्थाको सहयोगमा संरक्षणको काम शुरु गरिएको सूर्यमुखी युवा क्लब घरथोकका सदस्य दीप मगरले जानकारी दिनुभयो । “पर्यटकीय सम्भावना बोकेको तालको संरक्षणमा स्थानीयले पहल गरे पनि बजेटको अभाव थियो” “अब हामीलाई सहज भएको छ” उहाँले भन्नुभयो । 

ताल संरक्षणमा गाउँपालिकाले चालू आवमा रु पाँच लाख विनियोजन गरेको छ भने स्थानीयलेसमेत आर्थिक सहयोग र जनश्रमदान गरेका छन् । करीब ४७÷४७ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको लम्बाइ चौडाइ बढाएर ५५÷५५ मिटरको बनाउन लागिएको वडाध्यक्ष पिपला बुढाथोकीले बताउनुभयो । 

“वडामा रहेका पर्यटकीय सम्भावनाका क्षेत्र चिनाउने प्रयास भइरहेको छ, यहाँका पुराना महत्वका सम्पदाको जर्गेनाको प्रयास गरिएको छ” बुढाले भन्नुभयो । 

अर्गानिक कृषि खेतीको प्रचुर सम्भावना रहेको देवीस्थानमा रहेका पुराना ऐतिहासिक तथा धार्मिक महत्वका क्षेत्रको प्रचारप्रसारमा समेत स्थानीयले सक्रियता देखाएपछि गाउँपालिकाले समेत प्राथमिकताका आधारमा बजेट विनियोजन गरेको छ । 

गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि गुर्जा, चुरेनलगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ परेको मनमोहक दृष्य अवलोकन गर्न सकिने तालको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

उहाँले प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यका लागि गुरुयोजना बनाउने जानकारी दिनुभयो । देवीस्थानमा गुफासहित धार्मिक तथा पर्यटकीय महत्वको मालिका मन्दिरसमेत रहेको छ । छिमेकी धौलागिरि गाउँपालिकाको ऐतिहासिक ताकम कोट मन्दिर जाने पैदलमार्गसमेत रहेको छ । 

देवीस्थानलाई नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटनसँग जोड्ने पदमार्ग बनाउनसमेत सकिने स्थानीयको भनाइ छ । देवीस्थानका पशुपालक कृषक ढोरपाटन क्षेत्रका चरन क्षेत्रमा पुग्ने गरेका छन् । यता गाउँपालिकाले मालिका मन्दिर, रुमको लेक, ओखरबोटको सोलेडाँडालगायतका पर्यटकीय गन्तव्य चिनाउने अभियानसमेत शुरु गरेको छ । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने