रसुवाको तल्लो क्षेत्रमा पर्ने गोम्बोडाँडा, लोकिल, सिपाङ हुँदै नौकुण्ड तथा गोसाइँकुण्ड जाने पदयात्रा सम्भावित पर्यटकीय क्षेत्र हो । यहाँबाट रसुवाको तल्ला भागमा पर्ने तामाङ बस्तीहरू बेताङ, सस्र्यु, घोर्मो, लाङ्बु, थाङरदोर, सिम्बन्दी,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रसुवाको तल्लो क्षेत्रमा पर्ने गोम्बोडाँडा, लोकिल, सिपाङ हुँदै नौकुण्ड तथा गोसाइँकुण्ड जाने पदयात्रा सम्भावित पर्यटकीय क्षेत्र हो । यहाँबाट रसुवाको तल्ला भागमा पर्ने तामाङ बस्तीहरू बेताङ, सस्र्यु, घोर्मो, लाङ्बु, थाङरदोर, सिम्बन्दी,"/>
७ माघ २०८२, मंगलवार
महत्वपूर्ण स्थानहरु

लोकिल-सिपाङ पर्यटन क्षेत्र

३ आश्विन २०७३, सोमबार ०१:२६

रसुवाको तल्लो क्षेत्रमा पर्ने गोम्बोडाँडा, लोकिल, सिपाङ हुँदै नौकुण्ड तथा गोसाइँकुण्ड जाने पदयात्रा सम्भावित पर्यटकीय क्षेत्र हो । यहाँबाट रसुवाको तल्ला भागमा पर्ने तामाङ बस्तीहरू बेताङ, सस्र्यु, घोर्मो, लाङ्बु, थाङरदोर, सिम्बन्दी, दोक्लाङ, यार्सा तथा सरमथलीका बस्तीहरू घुम्न तथा अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट नजिकै पर्ने यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्जका प्राकृतिक सम्पदा, घना जंगल, लालीगुँरासका ठूला ठूला रुखहरू, हिमाल तथा अग्ला अग्ला टाकुराहरूको बीचमा यात्रा गर्ने अवसर मिल्दछ । 

यस क्षेत्रमा उल्लेखनीय रूपमा पर्यटकहरूको चाप नदेखिए पनि वषौंदेखि रसुवा ट्रेक्स, हाइल्याण्ड ट्रेकिङलगायतका ट्रेकिङ एजेन्सीहरूले क्याम्पिङ ट्रेक चलाउँदै आएका छन् । पर्यटक बस्ने होटल तथा आवास नहुँदा यस क्षेत्रमा क्याम्पिङ भन्दा अर्को प्रकारको ट्रेकिङहरू नचल्ने  गरेको छ । पछिल्ला समयमा कालिकास्थान वा जिवजिवेमा बसेर तामाङ बस्ती घुम्न जाने पर्यटकको संख्यामा भने केही बृद्धि भएको पाइन्छ । 

ठूला होटलहरू नभएपनि ग्रामीण घरहरूलाई होमस्टेको रूपमा विकास गर्दै लैजाने हो भने आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई बृद्धि गर्दै पर्यटन विकास गर्न सक्ने प्रचुर सम्भावना यस क्षेत्रले बोकेको छ ।  






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै