Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महतको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदै, नारायणकाजीको उपप्रधानमन्त्री खोसिने

२०७९, ९ चैत्र बिहीबार ०७:३५

चैत ९, काठमाडौं । प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने चर्चा थियो । तर, खड्काले नमानेपछि सभापति शेरबहादुर देउवाले महतको नेतृत्वमा सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

सभापति देउवाले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै फाइनल गर्ने भएका छन् । त्यसको लागि उनले आज पार्टीका शीर्ष नेताहरुसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिसकेका छन् । मन्त्रालय बाँडफाँटमा लगभग सहमतिनजिक रहेका दाहाल र देउवाले सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग आज पूनः छलफल गर्ने भएका छन् ।

हिजो गठबन्धनको बैठकमा पनि यसबारेमा छलफल भएको थियो । तर, नेताहरु हिजो मन्त्रालय बाँडफाँटको सहमतिमा पुग्न सकेका थिएनन् । प्रधानमन्त्री दाहालले यसपटक सरकारलाई पूर्णता दिँदा उपप्रधानमन्त्री नराख्ने भएका छन् । उनले यसबारेमा कांग्रेस सभापति देउवासँग पनि छलफल गरेका छन् । अहिले भएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रीको मात्रै जिम्मेवारी दिने दाहालको योजना छ ।

यसअघि एमाले, राप्रपा र रास्वपा सरकारमा हुँदा चार जना उपप्रधानमन्त्री थिए । चार चार जना उपप्रधानमन्त्री हुँदा सरकारको आलोचना भएको थियो । प्रधानमन्त्री दाहालले ढिलोमा चैत्र १३ गतेभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने घोषणा गरेका छन् । स्रोतकाअनुसार कांग्रेसले ८, माओवादीले प्रधानमन्त्रीसहित पाँच, जसपा र एकीकृत समाजवादीले २/२ र अन्य दलहरुलाई एक/एक मन्त्रालय दिने प्रस्ताव छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की