१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत

१७ चैत्र २०७९, शुक्रबार १२:४९

चैत १७, काठमाडौँ | नवनियुक्त अर्थमन्त्री डा प्रकाश शरण महतले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार हुने बताउनुभएको छ । 

मन्त्रालयमा कार्यभार सम्हाल्दै अर्थमन्त्री डा महतले अहिले तत्कालका लागि सबै क्षेत्रको मनोबल उकास्नु सरकारको पहिलो प्राथमिकता हुने बताउनुभयो । “हामीले आत्मविश्वास बढाउनुपर्नेछ । अहिलेको निराशालाई आशामा बदल्नु छ । त्यसका लागि मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी भूमिका रहन्छ । नेपाल राष्ट्र बैंकलगायत सबै निकाय र कर्मचारीको सहयोग चाहिन्छ । हामी गर्न सक्छौँ (वी क्यान डु इट) भन्ने भावनाले काम गरौँ ।”, अर्थमन्त्री महतले भन्नुभयो । सकारात्मक आत्मविस्वास जगाउन सके अर्थतन्त्रमा विस्तारै सुधारका सङ्केत देखिने उहाँको विश्वास छ ।

लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको उल्लेख गर्नुहुँदै उहाँले यस्ता समस्या समाधानका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयकारी भूमिका रहनुपर्ने बताउनुभयो ।

"अर्थ मन्त्रालय र राष्ट्र बैंकले समन्वयकारी भूमिकाबाटै समस्या समाधान गर्ने हो । हामीले नतिजामा आधारित भएर काम गरौँ । हाम्रो मूल्याङ्कन पनि त्यसरी नै हुन्छ । अहिले आफ्ना लागि सोच्नेभन्दा पनि देश र जनताका लागि सोच्नुपर्ने बेला छ ।”, अर्थमन्त्री महतले भन्नुभयो । अर्थ मन्त्रालय र राष्ट्र बैंक सक्रिय भएर मात्र नतिजा निकाल्न नसकिने बताउनुहुँदै उहाँले समग्र राज्य संयन्त्र नै एकाकार भएर लाग्नुपर्ने बताउनुभयो ।

मुलुकमा लगानीको वातावरण बिग्रँदै गएको र उत्पादनको लागत महँगो भएको उल्लेख गर्दै उहाँले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । सार्वजनिक खर्चमा मितव्ययितासँगै योजना र कार्यक्रमको प्राथमिकीकरण गर्न पनि आवश्यक रहेको उहाँको भनाइ छ । सार्वजनिक खर्च कटौती गर्नुपर्ने र पुँजीगत खर्चमा पनि आवश्यकता निर्धारण गरेर बजेट खर्च व्यवस्थापन गर्नुपर्ने मन्त्री महतले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले राजस्व निकै कम छ । जहाँतही खर्च गर्ने नभइ आवश्यकताका आधारमा मात्रै खर्च निर्धारण गर्नुपर्नेछ । के अत्यन्त महत्वपूर्ण छ र बढी प्रतिफल दिन्छ भनेर आयोजना कार्यक्रमको प्राथमिकीकरण गर्नुपर्नेछ ।” अफ्ठ्यारोमा परेको परिवारले आफ्ना आवश्यकता निर्धारण गरेजस्तै अहिले मुलुकको अर्थतन्त्र अफ्ठ्यारोमा परेको बेला सरकारले पनि त्यहीअनुसार खर्चको प्राथमिकता निर्धारण गर्ने अर्थमन्त्री डा महतको भनाइ छ ।

 राजस्व व्यवस्थापन अहिले अर्थतन्त्रको चुनौती रहेकाले त्यसलाई पनि गम्भीरताका साथ हेर्नुपर्ने उहाँले बताउनुभयो । भन्सार सीमा नाकाबाट भइरहेको चोरी पैठारी नियन्त्रण र अर्थतन्त्र चलायमान बनाएर करको दायरा विस्तार हुनसके लक्ष्यअनुसार राजस्व उठ्ने उहाँको भनाइ छ । “आर्थिक गतिविधि बढेसँगै राजस्व पनि बढ्छ । राजस्व अनावश्यक उठाएर करदातालाई बढी कर लगाउनभन्दा करको दायरा बढाउनेतर्फ हामी केन्द्रित हुन्छौँ । भन्सार नाकामा हुने चोरी पैठारी नियन्त्रणका लागि हाम्रा संयन्त्र परिचालन गर्न आवश्यक छ ।”, उहाँले भन्नुभयो । बाह्य क्षेत्रको असन्तुलन बढिरहँदा अन्तर्राष्ट्रिय द्विपक्षीय र बहुपक्षीय विकास साझेदारसँग पनि पर्याप्त छलफल र समन्वय गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुहुँदै अर्थमन्त्री महतले सकारात्मक ऊर्जाका साथ नतिजामुखी काममा लाग्न बताउनुभयो । “अर्थतन्त्र सुधारका लागि म एक्लैले मात्र केही गर्नसक्ने होइन । सबै निकायको भूमिका उत्तिकै जिम्मेवार छ । हामी सम्पूर्ण शक्ति लगाउँछौँ । सबैको साथ चाहिन्छ ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड