१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का

१८ चैत्र २०७९, शनिबार ०८:३२

चैत १८, काठमाडौँ | उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताउनुभएको छ । 

आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण गर्दै उहाँले भन्नुभयो, “निर्वाचनपछि एकखालको दुर्घटना भयो, प्राकृतिकरुपमा जुन गठबन्धनको सरकार बन्नुपथ्र्याे, बन्न सकेन, त्यसपछि विकसित घटनाक्रमले अहिले यो सरकार बनेको छ, हिजो निर्वाचनका बेला जनतासामु जेजे एजेन्डा लिएर गएका थियौँ, ती एजेन्डामा सहमत हुने दल एक ठाउँमा आइपुगेका छौँ ।” 

उहाँले अहिलेको सरकारको प्राथमिकता मुलुकको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्नु, शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनुभयो ।

उहाँले नेपाल राष्ट्र र नेपाली जनताको आर्थिक वृद्धि गर्दै निश्चित वर्षभित्रै नेपाललाई विकसित राष्ट्रका रुपमा पु-याउनु वर्तमान सरकारको प्राथमिकता भएको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले संसद्मा रहेका सबै दल र संसद् बाहिर रहेका दललाई समेत समेटेर एकताबद्ध गराउने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले सबै दललाई न्यूनतम साझा कार्यक्रमभित्र समेटेर मुलुकको स्वाभिमान, सुरक्षा, नेपाली जनताको हितमा एकताको भाव बोकेर वर्तमान सरकार अगाडि बढ्नेमा जोड दिनुभयो । 

उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अगाडि दीप प्रज्वलन गर्दै सालिकमा माल्यार्पण गर्नुभयो । 

सो अवसरमा उपप्रधानमन्त्री खड्कालाई आश्रमका सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनलगायतले स्वागत गर्नुभएको थियो । उपप्रधानमन्त्री खड्कालाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड