२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फुटबलको टिकटबाट उठेको रकम क्रिकेट खेलाडी कल्याणकारी कोषमा

२०७९, १९ चैत्र आईतवार १०:४७

चैत १९, काठमाडौँ | शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ तथा ब्रोडकास्टिङ अधिकार पाएको एमडीएसी स्पोट्र्सले नेपाली क्रिकेट खेलाडी कल्याणकारी कोषमा १ लाख ४८ हजार ८०० रुपैयाँ प्रदान गरेको छ । एमडीएसी स्पोट्र्सका सीईओ अर्जुन घिमिरेले मुलपानी मैदानमा क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनकुमार सिंहलाई १ लाख ४८ हजार ८०० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल विश्वकप छनोटमा छानिएपछि एमडीएसी स्पोर्टसले चैत ४ गते दशरथ रंगशालामा भएको एपीएफ र मनाङ मर्स्याङदी क्लबबीचको खेलमा उठेको टिकटको सम्पूर्ण रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गरेको थियो ।

एपीएफ र मनाङको खेल हेर्न राष्ट्रिय क्रिकेट टिमका सदस्यसमेत रंगशालामा पुगेका थिए ।

त्यस दिन साधारण प्यारापिटतर्फ १ हजार १२२ टिकट बिक्रीबाट १ लाख १२ हजार २०० र भीआईपी प्यारापिटतर्फ १२२ टिकट बिक्रीबाट ३६ हजार ६०० रुपैयाँ उठेको थियो । त्यो रकम कोषमा जम्मा गरेको एमडीएसी स्पोर्टसले जनाएको छ  ।

आईसीसी क्रिकेट विश्वकप लिग टूका नेपाल र यूएईबीचको अन्तिम खेलमा टिकटबाट उठेको रकमबाट क्यानले कल्याणकारी कोष बनाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस