२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मेरा कारणले एकजना पनि पीडित भएको छैन, तर सिध्याउन मुद्दामाथि मुद्दा हालियो : रवि लामिछाने

२०७९, २१ चैत्र मंगलवार ०७:२८

चैत २१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो कारणबाट अहिलेसम्म एक जना मान्छे  पनि पीडित नभएको बताएका छन्। वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दर्तापछि घरदैलो कार्यक्रममा बोल्दै उनले आफूलाई सिध्याउन र तर्साउन मुद्दामाथि मुद्दा हालिएको बताए।

उनले भने, ‘अझै पनि भ्रममा पारेर यसलाई तर्साउन सकिन्छ कि सिध्याउन सकिन्छ कि भनेर मुद्दामाथि मुद्दा हालेको देखिएको छ। मलाई यो मुद्दाहरूसँग केही लिनु छैन। मैले नेपाली जनतादेखि राज्यलाई आफ्नो अवस्थाबारे इमानदारीपूर्वक बताएको छु। मैले केही लुकाएको र छिपाएको छैन। यसले अपराध गर्यो। यसले गरेको अपराधबाट यो मान्छे पीडित भयो भनेर एक जना मान्छे देखाइदिनुस्। मेरा कारणबाट कोही पीडित भएको छैन।’

उनले आफूहरूको शान्त विद्रोह गरेर कसैलाई केही नगरीकन २० सिट जितेको बताए।

उनले भने, ‘कसैलाई ढुंगा नहानी, रेलिङ नभाँची, टायर नबालीकन पनि यो देशमा क्रान्ति गर्न सकिन्छ भन्ने कुरा ६ महिनामा २० जना सांसद ल्याएर हामीले प्रस्तुत गरेका हौँ। यो शान्त विद्रोहबाट किन यति धेरै आत्तिएका हुन् भन्ने मलाई थाहा छैन। हामी आफ्नो हालीमुहालीको लागि होइन, असल मान्छेहरूका लागि पार्टी बनाइरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस