१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डलाई एमाले सांसद पन्तको कटाक्ष- सय दिनसम्म सरकारलाई पूर्णता दिन नसक्नेले फुर्ति गरेर हुन्छ ?

२३ चैत्र २०७९, बिहीबार ०९:१६

चैत २३, काठमाडौं | नेकपा एमालेका सांसद रघु पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन नसकेकोप्रति आलोचना गरेको छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले केही काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

उनले भने, ‘देशमा किसानहरुको समस्याबारे चर्चा छ, मुलुकको अहिलेको गम्भिर राजनीतिक आर्थिक अवस्थाबारे न कुनै भिजन छ । अहिलेको सरकारले केही काम गरेको छैन। एउटासँग बिहे गर्यो, अर्कोसँग पोृइल गयो । अनि वरिपरि आठ नौ भाइ जम्मा गरेर टिकेको यो सरकार । सय दिन नाघिसक्दा पुरा मन्त्रिपरिषद् त बनाउन सकेको छैन । त्यस्तो सरकारले के गर्ला ?’

उनले सरकार नीतिहिन, विचारहिन, कार्यक्रमहिन, सिद्धान्तहिन भएको बताए ।

‘यो सरकारको आलोचना गर्दा कोही पनि तात्तिनु पर्दैन । सय दिनसम्म सरकारलाई पूर्णता दिन नसक्नेले फुर्ति गरेर हुन्छ ?’ उनले प्रश्न गरे ।

उनले सरकारको उपलब्धिमा यो बीचमा कति घाम लाग्यो, कति पानी पर्यो ? कति बच्चा जन्मे भन्ने चाहीँ लेख्न छुटाएको भन्दै कटाक्ष गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले ३७ बुँदे उपलब्धि सार्वजनिक गरेका रहेछ । त्यसमा म एउटा अर्को एउटा बुँदा थप्न सुझाव दिन्छु यो बीचमा कति बच्चा जन्मे, कति पानी पर्यो, कति घाम लाग्यो त्यो लेख्न छुटेछ । तर, सरकारको ३७ बुँदे उपलब्धि पढ्दा त्यो के पढ्या भन्ने नै बुझिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ