१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बायाँबाट आइरहेको सकारात्मक आवाजलाई दिमागले छिट्टै चिन्छ

२३ जेष्ठ २०८०, मंगलवार ०६:४६

एजेन्सी । श्रवणबारे विभिन्न खालका अध्ययन हुँदै आएका छन् । कानको स्वास्थ्यका लागि कति डेसीबलसम्मको आवाज सुन्नु सही, कतिसम्मको खतरनाक  भन्ने कुरामा पछिल्ला अध्ययन बढी केन्द्रित छन् । तर हालै एउटा नयाँ अनुसन्धान गरिएको छ जसले ‘लिसनिङ बायस’ बारे कुरा गर्छ । यसका अनुसार यदि कसैले राम्रो कुरा गरिरहेको छ हाँसिरहेको छ र त्यो आवाज बायाँ कानबाट बढी सुनिएको छ भने मस्तिष्कमा यसको असर बढी हुन्छ । यसले दिमागको अडिटरी सिस्टममा न्युरल एक्टिभिटी बढ्ने गर्छ जसको ह्याप्पी हर्मोन्ससँग सम्बन्ध छ । 


शोधमा समावेश स्विस युनिभर्सिटीकी डा. सेन्ड्रा दी कोस्टा र टिमले १३ जनामाथि अनुसन्धान गरे । यसका लागि फङ्सनल म्याग्नेटिक रिजोनेन्स इमेजिङ प्रविधिको मद्दत लिइयो । एमआरआईको क्रममा कुनै राम्रो कुरालाई दायाँ बाँया दुवै कानमा पर्ने गरी  सुनाइयो । यति बेला दायाँ तर्फबाट आइरहेको हरेक राम्रो कुरामा दिमागले तुरुन्तै प्रतिक्रिया दिइरहेको पाइयो । यहाँसम्म कि यदि कुनै राम्रो सङ्गीत बायाँ तर्फबाट चलिरहेको छ भने त्यसको असर तीव्र असर देखियो ।

अनुसन्धाताले विभिन्न भाव भएको सङ्गीतमा ध्यान दिए । यसमा न्युट्रलदेखि नकारात्मक, डर जगाउने र राम्रो भाव भएको सङ्गीत पनि समावेश थिए । यति बेला अडिटरी कर्टेक्स राम्रो, आनन्द दिने सङ्गीत वा राम्रो कुरा, वा हाँसोमा बढी सक्रिय हुने हुन्छन् । यो समयमा डोपामाइन र अक्सिटोसिनको स्राव पनि बढ्ने गर्छ, जसलाई ह्याप्पीनेस हर्मोन पनि भनिन्छ । 

बायाँ कानसँग इमोसनको सम्बन्ध पहिले पनि देखिएको हो । ब्रेन एन्ड ल्याङ्वेज जर्नलमा यसबारे थुप्रै अध्ययन सन् २००० देखि नै छापिँदै आएका छन् । यति बेला बायाँ कानले कुनै आवाजको इमोसनल टोनलाई पहिचान गर्न सक्छ भन्ने पत्ता लाग्यो । सामान्य पिचमा कुरा गर्दा पनि कोही रिसाइरहेको छ वा खुसी भइरहेको छ भन्ने कुरा बायाँ कानले पहिचान गर्न सक्छ । बायाँ कानबाट सूचना लिएर यसले दिमागको दाहिने हेमिस्फेयरसम्म पुर्‍याउने गर्छ ।  त्यसपछि मात्रै त्यो कुरा अनुसारको प्रतिक्रिया हुन्छ । 

यस्तो किन हुन्छ, यसबारे अनुसन्धातासँग पक्का जानकारी छैन । यसबारे ठुलो स्याम्पल साइज लिएर शोध गर्दा केही नयाँ कुरा आउने अनुमान गरिएको छ जसको गहिरो सम्बन्ध मानिसको समग्र स्वास्थ्यसँग हुनसक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट