१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

संसदिय चुनाव भन्दा पनि विद्यालयको चुनावमा बढि प्रतिस्पर्धा

१२ आश्विन २०७३, बुधबार ११:५१

दान बहादुर बुढा/असोज १२, मुगु । जिल्ला भरका विद्यालयहरुमा भईरहेको विद्याललय व्यवस्थापन समितिको गठन प्रक्रिया संसदिय निर्वाचन भन्दा कडा प्रतिस्पर्धा र जोखिम देखिन थालेको छ ।

 विद्यालय व्यवस्थापन समितिको गठन गर्दा राजनितिक दलहरुको आपसी विवादले धेरै विद्यालयको समिति गठन प्रक्रिया स्थगित भएको छ भने कतिपय विद्यालयमा राजनितिक दलका कार्यकर्ता विच विवाद चुलिदा कुटाकुट समेत भएको छ । 

फोतु गाविसको ताजा गाउँमा रहेको भवानी प्राथामिक विद्यालयको व्यवस्थापन समिति गठन गर्न भएको अभिभावकहरुको भेलामा दलिय दवाव पछि विवादले उग्र रुप लिदा भएको झडपमा परि एक दर्जन बढि घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

असोज ६ गते देखि विद्यालय व्यवस्थापन समिति गठनका लागि स्थानीयवासी बिच छलफल सुरु भएको र छलफलका क्रममा विद्यालयको ४ लाख ६५ हजार रकम हिनामिना भएको भन्दै तत्काल सो रकम विद्यालयको खातामा जम्मा नगर्दासम्म व्यवस्थापन समिति गठन गर्न नहुने एक थरिको तर्क पछि विवाद सिर्जना भएर झडप भएको नेकपा एमालेका कार्यवाहक अध्यक्ष धर्मबहादुर शाहीले बताए । 

 आईतवार दिउसो भएको झडपका क्रममा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता एक भएको र नेकपा एमालेका कार्यकर्ता तथा सर्व साधारण माथी सुनियोजित आक्रमण गरि सात जना घाईते बनाएको एमालेको तर्क छ । 

झडपमा फोतु गाविस वडा नम्बर ८ का विर्खबहादुर शाही, वडा नम्बर ९ का  विष्न बुढा, वडा नम्बर ७ का दत्तबहादुर मल्ल, वडा नम्बर ६ का भक्तबहादुर शाही, वडा नम्बर ८ का भिमबहादुर शाही, वडा नम्बर ८ कै हंश शाही र वडा नम्बर ६ का बृख शाही घाईते भएका थिए । 

घाईतेलाई सोमबार उपचारका लागि हेलिकप्टरबाट जिल्ला अस्पताल ल्याईएको थियो । घाईते मध्य वडा नम्बर ८ का बृखबहादुर शाही, वडा नम्बर ७ का दत्तबहादुर मल्ल र वडा नम्बर ६ का विर्ख शाहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज तर्फ रेफर गरिएको जिल्ला अस्पताल मुगुका डाक्टर अशोक खनालले जानकारी दिए । 

यता काँग्रस र माओवादी केन्द्र समर्थक ६ जना कार्यकर्ता घाईते अवस्थामा गाउँमा नै रहेको बताईएको छ । सदरमुकाम गमगढी देखि दुई दिन टाढा रहेको र सञ्चार असुविधाका कारण विस्तृत जानकारी आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शारादाप्रसाद चौधरीले जानकारी दिए । 

प्रहरीका अनुसार गाउँमा रहेका घाईतेहरुको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तर्फ लिने तयारी भईरहेको छ । गाउँमा रहेका घाईते मध्य भुम्मल शाही, पानसरा शाहीको अवस्था चिन्ता जनक रहेको र संवेदनहिनता भएको जत्थाले सर्वसाधारण माथी अन्धाधुन्ध आक्रमण गर्दा घाईतेहरुको ज्यान समेत खतरापुर्ण रहेको नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य मंगलबहादुर शाहीले बताए । 

 विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा अभिभावक बिचको विवाद र राजनितिक रंग मिसाएका कारण सदरमुकाम गमगढी स्थित महाकाली उच्च मावि श्रीनगरको विद्यालय व्यवस्थापन समिति गठनको मुद्दा जिल्ला शिक्षा कार्यालय र  जिल्ला प्रशासन कार्यालयमा पुगेको छ । 

त्यस्तै जन ज्योति उमावि नार्थपु, भवानी प्रावि नार्थपु लगायत धेरै विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रिया स्थगित गरिएको छ । जिल्लाभर रहेका कुल १ सय ३७ सरकारी विद्यालय मध्य ७५ प्रतिशत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भईसकेको र २५ प्रतिशतमा गठन हुन बाँकि रहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक धनसुधन चौलागाईले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता पाथीभरा क्षेत्र विकास समिति सम्मानित नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… ‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’ सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो