सन्तोषकुमार गुप्ता । दाङ, १२ असोज । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले आफुखुसी संबिधान संसोधनको प्रयास गरिए एमालेले त्यसको प्रतिबाद गर्ने चेता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ, १२ असोज । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले आफुखुसी संबिधान संसोधनको प्रयास गरिए एमालेले त्यसको प्रतिबाद गर्ने चेता"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आफुखुसी संशोधनको प्रयास गरिए प्रतिवाद गर्ने चेतावनी – नेपाल

१२ आश्विन २०७३, बुधबार १७:२०

सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ  । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले आफुखुसी संबिधान संसोधनको प्रयास गरिए एमालेले त्यसको प्रतिबाद गर्ने चेतावनी दिएका छन । दाङको तुलसीपुरमा आज बुधबार नेकपा एमाले दाङको १२औ जिल्ला अधिबेसनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पूर्बप्रधानमन्त्री नेपालले दलहरु बीच ब्यापक छलफल नै नगरि संबिधान संशोधन हुन नसक्ने बताए ।


यदी वर्तमान सरकारले केही मधेसबादी दलहरुको माग पुरा गराई सत्ता लम्ब्याउने प्रयासका लागि संबिधान संशोधनको प्रयास गरि एमाले प्रतिकार गर्ने बताए । तर राष्ट्रीय सहमतिका साथ मुलुकको राजनीतिक निकासका लागि भने एमाले बाधक नहुने जानकारी दिए । उनले संबिधान कार्यान्वयका लागि स्थानिय निकाय र प्रान्तीय निर्बाचन माघ ७ गते भित्र गर्न नसके संबिधान धरापमा पर्ने र त्यसबाट मुलुक पुन अन्यौलतामा धकिलीने बताए । तर सरकार यसप्रति गम्भीर छदै,छैन उनको आरोप छ । स्थानिय निकाय र प्रान्तीय निर्बाचन पछि २०७४ माघ भित्र केन्द्रीय तहको निर्बाचन गराउनु पर्छ, त्यसका लागि पनि एमाले तयारी अबस्था रहेको बताए । उनले जिल्लालाई कमजोर बनाउने प्रयास भई रहेको बताउनुहुर्दै नागरिकलाई प्रभाबकारी सेवा दिन जिल्ला बलियो बनाउनु पर्ने जिकिर गरे । तर यहाँ त जिल्ला कमजोर बनाउने प्रयास भई रहेको छ । ७५ जिल्ला चलाउन नसक्नेले ५ सय ६५ ठाँउ चलाउने हिम्त गर्नु कति हास्यास्पद कुरा भएको टीप्पणी गरे । नेता नेपालले नेपालमा राजनीतिक क्रान्ति पछि अब बिकासको गति अगाडी बढाउनु पर्ने बताए । बिकास निमार्णमा खुट्टा तान्ने प्रबृत्ति रहेको गुनासो गर्दै अब नेपालमा पर्यटकीय, जलश्रोत, कृषि, यातायातलाई प्राथमिकतामा राखि योजना बनाउनुपर्ने बताए । उनले बिद्युतीय रेल सेवाले नेपाली जनतालाई ठुलो सेवा दिने बताउनुहुर्दै बिजुली उत्पादन गर्नपर्नेमा जोड दिए । बिद्युतीय रेल सञ्चालन भए पुर्व मेची देखि पश्चिम महाकालीसम्म ३ घण्टामा सजिलै पुग्न सकिने बताए । 


जिल्ला अध्यक्ष जोगबहादुर रानाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञावली, उपमहासचिब बिष्णु पौडेल, नेता पुर्व सचारमन्त्री शंकर पोख्रेल, भागवत बिश्वासी, मेटमणी चौधरी लगायतले बोलेका थिए । सो अबसरमा जिल्ला उपाध्यक्ष बामदेब खनालले स्वागत मन्तब्य र सहजीकरण सचिब हुकुमबहादुर बस्नेतले गरेका थिए । आन्तरीक बिवादका कारण पटक पटक स्थगीत हुदै आएको नेकपा एमाले दांङको १२ औ जिल्ला अधिवेशन आज बुधबारदेखी तुलसीपुरमा हुंदै आएको थियो । करीव १२ सय प्रतिनीधी सहभागी हुने अधिवेशनले एमाले दांङको नयाँ नेतृत्व छान्ने छ । एमाले जिल्ला अध्यक्षका लागी ३ जना आकाक्षी देखीए पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास पनि भई रहेको बुझिएको छ । अध्यक्षका लागि संगठन बिभाग प्रमुख हिराचन्द्र केसी, प्रदेश नम्वर ५ का सदस्य टिकाराम खड्का र बर्तमान सचिव हुकुमबहादुर बस्नेतको नाम बढि चर्चामा छ ।


एमाले दाङको बन्दसत्र सुरु हुदै

नेकपा एमाले दाङको १२ औँ जिल्ला अधिवेसन बुधवार तुलसीपुरमा भब्य कार्यक्रमका वीच उद्घाटन गरीएको छ । हजारौ कार्यकर्ताको उपस्थितीमा नेकपा एमालेका बरीष्ठ नेता तथा पुर्व प्रधानमन्त्रि माधवकुमार नेपाल, केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवालि, उपमहासचिव विष्णु पौडेल र स्थायि कमिटि सदस्य शंकर पोख्रेलले संयुक्तरुपमा पानसमा वत्ति वालेर उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन सत्र पछि बन्द सत्रको तयारी भइरहेको छ । नेकपा एमाले दाङका जिल्ला सदस्य गेहेन्द्र बस्नेतले खाना खाने समय सकीएपछि बन्द शत्र शुरु हुने बताए । ‘अहिले खानाखानेक्रम चलिरहेको छ, वाहिर हल्ला भए जस्तो केही विवाद छैन, खाना खाइसकेपछि बन्द शत्र चल्छ–जिल्ला सदस्य बस्नेतले भन्नुभयो । यता अर्को पक्षले भने दुवै पक्षवाट छुट्टा छुट्टै प्रतिनिधिको सुचि ल्याएपछि बन्द शत्र सुचारु हुन नसकेको जनाएको छ । राति आठ बजेदेखि सुरु हुने भनिएको बन्दसत्रमा प्रतिनिधिका सन्दर्भमा केही समस्या आएपछि  विवाद मिलाउन जिल्ला नेतृत्व छलफलमा जुटेको स्रोतको भनाइ छ । प्रतिनिधि विवाद नमिले सम्म बन्दसत्र हुन नसक्ने सचिवालय सदस्य उत्तरकुमार वलीले दावि गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव