३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

शुल्क बढाइएकोमा अनेरास्ववियुद्वारा विरोध

१४ आश्विन २०७३, शुक्रबार ०६:२५

असोज १४, म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिले विद्यार्थीलाई मर्का पर्ने गरी शुल्क बढाएको भन्दै अनेरास्ववियु म्याग्दीले विहिबार विरोध जनाएको छ । 

बुधबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले स्नातक तहतर्फको चारवटै वर्षमा अध्ययनरत विद्यार्थीलाई आर्थिक भार थोपरिने गरी शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो । 

सञ्चालक समितिले स्नातक तहमा मासिक शुल्क रु ६७५ बाट बढाएर प्रथम वर्षमा रु आठ सय, दोस्रो वर्षमा रु नौ सय, तेस्रो वर्षमा रु एक हजार र चौथो वर्षमा रु एक हजार एक सय शुल्क बनाएपछि आफूहरुले विरोधका कार्यक्रम सुरु गरेको अनेरास्ववियु म्याग्दी बहुमुखी मूल इकाई समितिमा सचिव ईश्वर सुवेदीले बताउनुभयो । 

“यसअगाडि भर्ना शुल्क रु तीन हजार दुई सयबाट बढाएर रु चार हजार दुई सय बनाइयो, पुस्तकालय, खेलकुद लगायतका अन्य शुल्क पनि बढाइसकिएको छ, फेरि अहिले आएर मासिक शुल्क मनोमानी तवरले बढाइएको छ, यसले क्याम्पसमा अध्ययन गर्ने आम विद्यार्थी मर्काका छन्,” सुवेदीले भन्नुभयो । 

अनेरास्ववियुले क्याम्पसले शुल्क वृद्धि गरेको विरोधमा बिहीबार क्याम्पसमा विरोध सभासमेत गरेको छ । सभामा अनेरास्ववियुका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रकाश पौडेलले क्याम्पसको घाटा पूर्ति गर्न विद्यार्थीको शुल्क वृद्धि मात्रै गराउनु दुर्भाग्यपूर्ण रहेको भन्दै क्याम्पसले आम्दानीका लागि अन्य स्रोतको पनि पहिचान गर्नुपर्ने बताउनुभयो । 

उहाँले हरेक वर्ष हुने तलब वृद्धिलाई पूर्ति गर्न विद्यार्थीलाई शुल्क बढाउने गरिएको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । यसअगाडि अनेरास्ववियुले बुधबार नै एक प्रेस विज्ञप्ति प्रकाशित गरी गरिब तथा विपन्न वर्गका विद्यार्थीले अध्ययन गर्ने म्याग्दी बहुमुखी क्याम्पसमा भारी शुल्क वृद्धि गरिएको भन्दै विरोध जनाएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड