२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

शुल्क बढाइएकोमा अनेरास्ववियुद्वारा विरोध

२०७३, १४ आश्विन शुक्रबार ०६:२५

असोज १४, म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिले विद्यार्थीलाई मर्का पर्ने गरी शुल्क बढाएको भन्दै अनेरास्ववियु म्याग्दीले विहिबार विरोध जनाएको छ । 

बुधबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले स्नातक तहतर्फको चारवटै वर्षमा अध्ययनरत विद्यार्थीलाई आर्थिक भार थोपरिने गरी शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो । 

सञ्चालक समितिले स्नातक तहमा मासिक शुल्क रु ६७५ बाट बढाएर प्रथम वर्षमा रु आठ सय, दोस्रो वर्षमा रु नौ सय, तेस्रो वर्षमा रु एक हजार र चौथो वर्षमा रु एक हजार एक सय शुल्क बनाएपछि आफूहरुले विरोधका कार्यक्रम सुरु गरेको अनेरास्ववियु म्याग्दी बहुमुखी मूल इकाई समितिमा सचिव ईश्वर सुवेदीले बताउनुभयो । 

“यसअगाडि भर्ना शुल्क रु तीन हजार दुई सयबाट बढाएर रु चार हजार दुई सय बनाइयो, पुस्तकालय, खेलकुद लगायतका अन्य शुल्क पनि बढाइसकिएको छ, फेरि अहिले आएर मासिक शुल्क मनोमानी तवरले बढाइएको छ, यसले क्याम्पसमा अध्ययन गर्ने आम विद्यार्थी मर्काका छन्,” सुवेदीले भन्नुभयो । 

अनेरास्ववियुले क्याम्पसले शुल्क वृद्धि गरेको विरोधमा बिहीबार क्याम्पसमा विरोध सभासमेत गरेको छ । सभामा अनेरास्ववियुका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रकाश पौडेलले क्याम्पसको घाटा पूर्ति गर्न विद्यार्थीको शुल्क वृद्धि मात्रै गराउनु दुर्भाग्यपूर्ण रहेको भन्दै क्याम्पसले आम्दानीका लागि अन्य स्रोतको पनि पहिचान गर्नुपर्ने बताउनुभयो । 

उहाँले हरेक वर्ष हुने तलब वृद्धिलाई पूर्ति गर्न विद्यार्थीलाई शुल्क बढाउने गरिएको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । यसअगाडि अनेरास्ववियुले बुधबार नै एक प्रेस विज्ञप्ति प्रकाशित गरी गरिब तथा विपन्न वर्गका विद्यार्थीले अध्ययन गर्ने म्याग्दी बहुमुखी क्याम्पसमा भारी शुल्क वृद्धि गरिएको भन्दै विरोध जनाएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु