सहमहामन्त्री यादवले भने: नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको हो !

Posted on: 23 Jul, 2023

साउन ७, काठमाडौं | नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको बताएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले खाँणलाई राज्यले फसाएको बताए ।

यादवले भने ‘हाम्रो आदरणीय नेता, नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ । अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ’ उनले भने, ‘तर थप मुद्दा राजद्रोह पनि लगाइएको छ । ठगी मुद्दामा राजद्रोह लगाउने हो भने दिनमा १०,२० वटा राजद्रोहको मुद्दा लाग्छ ।’

यादवले खाँणमाथि अभियोगमात्र लागेको तर प्रमाणित नभएकाले कसुरदारजस्तो व्यवहार गर्न नहुने बताए । खाँणले पार्टीका नेता कार्यकर्ताको धेरै संरक्षण गरेको भन्दै यादवले उनलाई दुख पर्दा सहयोग गर्नुपर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!