प्रधानमन्त्री प्रचण्ड र आइएफएडीका प्रमुख एल्भारो लाइरोबीच भेटवार्ता

Posted on: 25 Jul, 2023

साउन ९, काठमाडौँ | इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोबीच आज बिहान भेटवार्ता भएको छ |

भेटवार्तामा आईएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा, आईएफएडी र नेपालीका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालका कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन् ।

आइएफएडीले विकासशील मुलुकमा गरिबी निवारण र भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको विकासमा वित्तीय सहयोग गर्दै आएको छ । नेपाल सन् १९७८ मा आइएफएडीको सदस्य मुलुक बनेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!