२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘सिमित व्यक्तिले राम्रो घर बनाउँन र गाडि चढ्न मात्रै प्रजातन्त्र ल्याएको हो ?’ – नेता भण्डारी

२०८०, ९ श्रावण मंगलवार ०९:१२

साउन ९, काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले, सिमित व्यक्तिहरुले राम्रो घर बनाउँन र राम्रो गाडि चढ्न मात्रै देशमा प्रजातन्त्र ल्याएको हो ? भन्दै प्रश्न गरेका छन् । 

४१ औं वीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहर र नेपाली काङ्ग्रेसको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सधैँ वीपी र गणेशमानको नाममा कमाउँने प्रवृत्ति बढ्दै गएको दाबी गरेका  उनले त्यसलाई अन्त्य गर्ने दायित्व कांग्रेसको काँधमा आएको बताए । 


उनले भने, ‘सिमित व्यक्तिहरुको परीवार बनाउँन, सिमित व्यक्तिहरुको घर बनाउँन, सिमित व्यक्तिहरु राम्रो गाडि चढ्न यो देशमा प्रजातन्त्र ल्याएको हो ? के सहिदहरु बनेको हो ? यो प्रश्न र चुनौती आजको हो । हामी सधैँ वीपी, गणेशमान भनेर नाम लिने  उनको आचरण लिन नपर्ने उनको नाममा कमाउँने, समाजका मान्छे भन्दा भिन्न हुने कहिले पनि हुदैँन् । यसको अन्त्य गर्ने नेपाली काङ्ग्रेसको दायित्व हो । ’

यस्तै उनले भाग्यले केही व्यक्तिहरु प्रधानमन्त्री, मन्त्री बने तर अबको युवाहरुले त्यो पद पाउँनको लागि धेरै ठूलो त्याग गर्नुपर्ने बताए । 

‘युवा विहिन देश बन्दै छ, देशमा किसानहरु समस्या परेका छन् त्यो विषयमा छलफल होला भनेको शक्ति प्रदर्शन गर्ने थलो बनेको छ समितिको बैठक, यसरी चल्छ काङ्ग्रेस, यसरी चलाउन सकिन्छ ?  उनले भने ‘ २, ४ जना बढ्नु र पढ्नु यहीको समाजवाद, भर्खरका युवाहरु देश छोडेर जानु यहीको समाजवाद हो । भाग्यले केही व्यक्तिहरु प्रधानमन्त्री हुनुभयो, भाग्यले कर्म नगरिकन केही व्यक्तिहरु मन्त्री बन्नु भयो अबको युवाहरुले त्यो पद पाउँनको लागि धेरै ठूलो त्याग गर्नुपर्छ । हिजोको जस्तो होईन ।’

उनले केन्द्रीय समितिको बैठक समसामयिक विषयका चर्चा गर्नुभन्दा पनि शक्ति प्रदर्शन गर्ने थलो बनेको समेत टिप्पणी गरे । 

बैठकमा राष्ट्रिय एजेण्ड र परराष्ट्र नीतिमाथि छलफल गनुपर्ने अवस्थामा एकअर्कालाई गाली गर्ने काम मात्रै भएको पनि उनको टिप्पणी रहेको छ । 

यस्तो प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाएको भन्दै यसलाई रोक्नु आजको आवश्यकता भएको बताए ।

उनले भने, ‘कति दिन वीपीको नाम जप्नी कर्म नगर्ने नाम जप्नी, वीपीको नाम मात्रै लिएर हामीले चाहेको परिणाम आउँदैन् । धनराज यहाँ आउँनु भएको छ, तपाईहरु महामन्त्री बन्नु भयो, उपाध्यक्ष बन्नु भयो अहिलेसम्म तपाईहरु सँगै बसेर पार्टी सभापतिसँग यो काम गर्नुपर्छ भनेर भन्नु भएको छ कि छैन् । हामीले यो पार्टी बनाउँदा सबै सँगै बसेर कति राम्रो काम गरेको थियो । आज भाषण गर्ने, बोल्ने कुरा गर्ने तर सँगै बसेर संयुक्त रुपमा छलफल नगर्दा भनाई खान परेको छ । आफ्नो घर बनाउँन वीपीको नाम लिनु पाप हो । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु