२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन : नेता कोइराला

२०८०, ९ श्रावण मंगलवार ०९:१८

साउन ९, काठमाडौँ | नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताएका छन् । कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले  हराउन नसक्ने बताए । 

मुलुकको विकासको संवाहकसमेत कांग्रेस भएको जिकिर गर्दै नेता कोइरालाले मुलुकमा विकास र आर्थिक समृद्दि कांग्रेसले मात्र दिनसक्ने स्पष्ट पारे । विगत ६ दिनदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी र देशको बारेमा गम्भीर समीक्षा गरेकाले कांग्रेसको पक्षमा माहोल सिर्जना भएको उनले उल्लेख गरे । 

चियापान कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीत्रय भीष्मराज आङ्देम्बे, बद्रीप्रसाद पाण्डे र जीवन परियार, कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महत, नेता डा शेखर कोइरालालगायतको उपस्थिति थिए ।

चियापान कार्यक्रममा कांग्रेसका पूर्व पदाधिकारी, मन्त्री, वर्तमान पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायतको उपस्थिति रहेको थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु