१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुन प्रकरणमा रास्वपाद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, दियो ७ कारण

१० श्रावण २०८०, बुधबार ०९:३३

साउन १०, काठमाडौं | प्रतिनिधि सभाको विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सुन प्रकरणमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७१ बमोजिम सो प्रस्ताव दर्ता गराइएको हो।

केही दिनअघि झन्डै क्विन्टल सुन बरामद भएपछि त्यसले चर्चा पाइरहेको छ। साथै, विमानस्थलको सुरक्षा प्रणालीबाट सुन बाहिरिएकोमा आशंका पनि व्यक्त भइरहेका छन्। सोही कारण रास्वपाले प्रस्ताव दर्ता गराएको हो।

प्रस्ताव दर्ता गराउन उसले ७ वटा कारण पनि प्रस्तुत गरेको छः

– यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गयो? सोसम्बन्धी विस्तृत अनुसन्धान गर्न सरकारलाई माग गर्न।

– सरकारले अब सुनको अवैध आयात तथा तस्करीको संगठित अपराध नियमन गर्न के-कस्तो पहल लिएको छ? यदि पहल गरेको भए उक्त पहलमा के-कति प्रगति भएको छ? सोको बारे सरकारसँग जानकारी माग गर्न।

– भन्सारभित्रबाट नै भएका तस्करीको भविष्यमा कडा रोकथामका सम्बन्धमा सरकारले के कस्तो कार्ययोजना पहल गरेको छ? सोबारे सरकारसँग जानकारी माग गर्न।

– सरकारले बरामद भएका सुनको प्रयोग के कसरी गर्ने सोचेको छ? त्यसको स्पष्ट खाका सरकारबाट माग गर्न।

– नेपाल राष्ट्र बैंकबाट जारी परिपत्रहरू अनुसार कडा रूपमा सुनको आयात नियमन गराउन सरकारले गरेको प्रयासबारे जानकारी माग गर्न।

– नेपालमा अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको यो पहिलोपटक होइन। सरकारले गरेका विगतका सुन तस्करीको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न र तत्पश्चात अपनाएको नियन्त्रण उपायहरुको विश्लेषणात्मक प्रतिवेदनसमेत माग गर्न।

– सुन तस्करीमा नेपाललाई नै किन हब / ट्रान्जिटको रूपमा सङ्गठित अपराधीहरूले सजिलै प्रयोग गरिरहेका छन् भन्ने विषयमा अपराधशास्त्रको विन्दुबाट सरकारद्वारा अध्ययन र अनुसन्धान माग गर्न।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी