सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेद्वारा संसदमा नाराबाजी

Posted on: 26 Jul, 2023

साउन १०, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको गठन गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले बेल घेराउ गर्दै सुन तस्करलाई कारवाही गर, उच्चस्तरीय छानविन समिति गठन गर भन्दै नाराबाजी गरेका छन् ।एमालेको नाराबाजीपछि सभामुख घिमिरेले प्रतिनिधसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!