सुन तस्करलाई कारबाही गर्न कांग्रेसको माग

Posted on: 26 Jul, 2023

साउन १०, काठमाडौं | नेपाली कांग्रेसले सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकको अन्तिम दिन बुधबार पारित प्रस्तावमा सुन तस्करीमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरिएको हो । 

सुन तस्करीको विषयमा बृहत् छानबिनको सुनिश्चितताका लागि उच्चस्तरीय छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारिरहेको छ ।

कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा १५ बुँदे प्रस्ताव पारित गरेको छ । साउन २ गतेबाट सुरु भएको समितिको बैठक बुधबार सभापति शेरबहादुर देउवाले प्रश्नको जवाफ दिएपछि सकिनेछ । बैठक जारी रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!