१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लिगलिगे दौडमा लाग्यौँ भने प्राप्त उपलब्धि जोगाउन गाह्रो हुन्छ: सभापति लामिछाने

१३ श्रावण २०८०, शनिबार ०६:२४

साउन १३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, पार्टीमा जो पहिलो पार्टीमा प्रवेश गर्यो उसैले प्राथमिकता पाउने भन्ने सोचका साथ अघि बढ्ने हो भने प्राप्त उपलब्धिसमेत गुम्ने चेतावनी दिएका छन् । 

शनिबार काठमाडौंमा आयोजित पार्टीको सिन्धुली –काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै उनले उनले आगामी २०८४ सालको निर्वाचनसम्म रास्वपामा होनाहार र योग्य मानिसहरुलाई समेटेर पाटीलार्ई संगठित बनाउने मिसनमा रहेको बताए । 


उनले भने ‘हामीले उम्मेदवार छनौंट गर्दा  र पार्टीमा सहभागी हुने पदाधिकारी छनौंट गर्दा लिगलिगकोटमा दौडिएर राजा भए जसरी पार्टीमा जो पहिला आयो उही भयो भनेर लाग्यौ भने, सदस्यता किन्न सक्ने पैसाको बिटो बोकेर हिँडेको मान्छे लिएर पार्टी बनाउन लाग्यौ भने हामीले प्राप्त गरेको २१ सिटलाई पनि जोगाउन गाह्रो हुन्छ । सुन्दा नमिठो लाग्ला सत्य यहि हो । त्यसकारण ०८४ सम्म हामी बन्ने अभियानमा छौनौं पार्टी बनाउने हो ।’ 

रास्वपाको लागि मिसन चौरासी आफु बन्ने भन्दा पार्टीलाई बनाउने अभियान भएको बताएका छन् । 

लामिछानेले भने, ‘मिसन ०८४ भनेको हामी पार्टीका रुपमा कति ठूलो हुन्छौं भन्ने कुरा होइन्,मिसन ०८४ भनेको पार्टीका रुपमा देशका होनहार र योग्य मानिसहरुलाई यो पार्टीभित्र आउँछन् कि आउँदैनन् भन्ने हो ।’ 

उनले आफुलाई विस्वास गर्न आग्रह गर्दै पार्टीले कुनै पनि प्रकारको गैह्र राजनीतिक रुपले पदाधिकारी नबाँड्ने र योग्य उम्मेदवारलाई मात्र पार्टीले स्थान दिने दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी