२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा जानुअघि प्रत्येक दिन रास्वपा संसदीय दलको बैठक बस्ने

२०८०, १४ श्रावण आईतवार ०८:५२

साउन १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठकअघि प्रत्येक दिन संसदीय दलको बैठक बस्ने अभ्यास थालेको छ । साउन १० गतेबाट प्रतिनिधिसभा बैठकअघि संसदीय दलको बैठक बस्ने अभ्यास सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनले भने, ‘संसद् बैठक बस्ने दिनमा बैठकमा जानुभन्दा अगाडि आपसमा छलफल गर्ने अभ्यास सुरु गरेका छौं ।’ परियारका अनुसार संसदीय दलको बैठकमा सम्बन्धित दिनको संसद् बैठकका एजेण्डामाथि छलफल हुने छ । 

संसदीय दलको बैठक संसद् भवन बानेश्वर वा दलको कार्यालय सिंहदरबारमा बस्ने उनको भनाइ छ । ‘पार्टी सभापतिज्यूले बैठकको विषय वस्तुमाथि छलफल गरेर संसदमा जानुप¥यो भन्नुभयो । साउन १० गते पनि बैठक बसेको थियो । भोलि पनि बैठक बस्छौं ,’ परियालले भने ।

असार ३१ मा बसेको प्रतिनिधिसभा बैठकमा प्रक्रिया नबुझेर बेल घेराउमा उत्रिएको रास्वपा पूर्वतयारी गरेर मात्र अब बैठकमा प्रस्तुत हुन लागेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु