सुन तस्करीबारे निष्पक्ष छानबिन गर्न सार्वजनिक लेखा समितिले गरायो सरकारको ध्यानाकर्षण

Posted on: 30 Jul, 2023

साउन १४,  काठमाडौँ | संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय मार्फत १ क्वीन्टल सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

आज आइतबार बसेको समितिको बैठकमा विभिन्न दलका सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग गरेपछि समिति सभापति रहेका जेष्ठ सदस्य अर्जुन नर्सिङ केसीले छानबिन समिति गठनका लागि ध्यानाकर्षण गराउने बताए । 

बैठकमा एमाले सांसद योगेश भट्टराईले समितिमा सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको विषय उठाएपछि अधिकांश सांसदहरूले सहमति जनाउँदै छानबिन समिति बनाउन माग गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!