११ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा

१४ श्रावण २०८०, आईतवार ११:३१

 साउन १४, काठमाडौँ | रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा गरिएको छ । टाढापोटी फिल्मस् प्रालिले आइतबार राजधानमिा एक कार्यक्रमकाबीच शो को घोषणा गरेको हो ।

बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरुका लागि एउटा गलिलो प्लेटफर्म उपलब्ध गराउने उद्देश्य ‘शो’ को छ ।

शोका निर्देशक नरेशनाथ योगी हुन् । टेलिभिजन रियालिटी शोको रुपमा तयार हुने शोमा विश्वका जुनै कुनामा छरिएर रहेका नेपालीभाषी नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । सहभागीले अडिसन आफ्नो मातृभाषामा पनि दिन पाउनेछन् ।

कार्यक्रममा सहभागीले आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञान मार्फत आफूलाई महागफाडीको दाबेदारको रुपमा प्रस्तुत गर्नेछन् ।


सहभागीका लागि आयोजकले अनलाइन अडिशन खुल्ला गरेको छ । अडिशनमा छनोट भएका सर्वोत्कृष्ट १८ जनाबाट मुख्य उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिंखडा, बुद्धि तामाङ र अभिनेत्री लुनिभा तुलाधर शोको निर्णयमा रहेका छन् भने कार्यक्रमको होष्ट कलाकार कामेश्वर चौरसियाले गर्नेछन् ।

शोका विजेताले नगद रु. १५ लाख र सवारी साधन, द्वितीय हुनेले नगद रु. १० लाख र सवारी साधन तथा तृतीय हुनेले नगद रु. ५ लाख र सवारी साधन उपहारको रुपमा प्राप्त गर्ने आयोजक पक्षले जानकारी दियो । त्यसैगरि चौथो र पाँचौं स्थान हासिल गर्नेले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोगको धारणा छ । 

फाइनल अष्ट्रेलियामा हुने कार्यक्रममा टेलिभिजनमा भने १६ हप्तासम्म चल्ने छ । कार्यक्रम अवधिभर प्रतियोगीहरुले कुनै भाषा, लैंगिक, समुदाय, जातजाती, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने प्रस्तुति भने राख्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ वर्षीया बालिकाको पेटबाट एक किलो कपालको डल्लो निकालियो भारतमा रेल दुर्घटना हुँदा ज्यान गुमाएका ७ नेपालीको सनाखत, थप ४ जना घाइते दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, विश्वविद्यालय तत्काल खाली गर्न निर्देशन रविको मुद्दामा जाहेरवालाको तर्फबाट बहस सकियो, आजै आउला आदेश ? मलेसियामाथि नेपालको सान्त्वना जित यू-१९ महिला विश्वकप : सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा उक्लिइन् पूजा हर्क साम्पाङमाथि खानेपानीमन्त्रीको टिप्पणी- ड्रामा होइन, काम गर्नुस् नेपालसँग ४५ रनमै समेटियो मलेसिया, पूजा महतोको सानदार बलिङ यू-१९ विश्वकप : नेपाली बलर हाबी हुँदा १० ओभरमा मलेसियाको २१ रन वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर रविका समर्थकबाट कुटिएका वरिष्ठ अधिवक्ता त्रिपाठीले दिएको अभिव्यक्तिप्रति बहालवाला न्यायाधीशहरूको प्रतिवाद महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुने १२ जना मध्ये ७ जना नेपाली १२ वर्षीय बालकद्वारा ३ वर्षीया बालिकाको करणी प्रयास, रोइकराइ गरेपछि हत्या सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस आज तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? आज प्रचण्डले दाङमा खबरदारी सभा सम्बोधन गर्ने नेपाली बजारमा सुनको मूल्य फेरि बढ्यो लामिछाने माथि जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस आज पनि जारी वैदेशिक रोजगारसम्बन्धीका कानून परिमार्जन गरिन्छ : श्रममन्त्री भण्डारी ट्रम्पको घोषणाविरूद्ध पानामाले दियो राष्ट्र संघमा उजुरी