१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विप्लव समूहका नेताले नामको पछाडि किन राखे ‘सी’ ? नागरिकतामा पनि थर फेर्न सरकारसँग लबिङ

१४ श्रावण २०८०, आईतवार १२:०६

साउन १४,  काठमाडौँ | नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेकपा नेताले नेताहरुको नामको पछाडि ‘सी’ राख्ने अभ्यास गरिरहेका छन् । असोजमा भएको कपिलवस्तुको शिवगढीमा गत असोज भएको नवौं महाधिवेशनपछि नेकपाका सबै नेताहरुले नामको पछाडि थरको सट्टा सी राख्न थालेका हुन् ।

जातको कारणले मानिसहरु विभाजित भएकाले त्यो प्रवृत्तिको अन्त्यको लागि आफूहरुले नामको पछाडि सी राख्न थालेको नेकपा नेता अनिल शर्माले बताए। महाधिवेशनमा महासचिवले राखेको प्रस्ताव अनुमोदन भएपछि अहिले कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ ।

उनले भने, ‘सीको अर्थ कम्युनिष्ट भनिएको हो। धर्म राजनीति, आर्थिक सांस्कृतिक स्वार्थ अनेक किसिमले मान्छेलाई जातमा विभाजित गरियो। त्यसैले हामी मान्छे सबै एउटै हौं। विभाजित मनोविज्ञानमा कुनै पनि चिज राख्नुहुन्न भन्ने हाम्रो पार्टीको बुझाइ हो। त्यही भएकाले नामको पछाडि केही न केही जोड्नुपर्छ तर, के राख्ने भन्ने बहसको क्रममा ‘सी’ राखौं भन्ने भएपछि राख्न थालेका हौं ।’

असोजमा भएको नवौं महाधिवेशनबाट राख्न थालेको भएपनि अहिले प्रचारात्मक रुपमा पार्टीभित्र मात्रै लागू भएको बताए ।

उनले भने, ‘हामीले सरकारसँग नागरिकतामै सी थर राख्न पाइयोस् भनेर प्रस्ताव गर्दैछौं। त्यो प्रस्ताव सरकारबाट स्वीकार भयो भने थप प्रभावकारीक हुन्छ ।’

उनले अहिले अनौपचारिक रुपमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुमा छलफल चलाइरहेको भएपनि ठोस प्रस्तावको रुपमा अघि नसारेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन