२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्नु जालझेल : राजेन्द्र लिङदेन

२०८०, १६ श्रावण मंगलवार ०६:१५

साउन १६, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुखलाई राजीनामा गराएर कोशी प्रदेश सरकार गठन गर्नु जालझेल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले एउटा प्रदेशको सत्ता टिकाउन र सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम हुने बताएका हुन् ।

‘सरकार बनाउन उहाँहरूले सभामुखलाई राजीनामा दिन लगाउनुभयो । भोलि सरकार बनाउनका लागि एमालेले राजीनामा दिन लगाउने होला यसरी संविधानले परिकल्पना नगरेको अवस्थामा मुलुकलाई लैजानु गलत हो’, उनले भने, ‘सभामुखले राजीनामा दिएपछि उपसभामुखले राजीनामा दिनुहोला ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ एमालेले ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने होला । यसले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाँदैछ ।’

उनले संविधानलाई गीता, बाइबलजस्तो सच्याउनु हुँदैन भन्नेहरूले संवैधानिक जटिलतामा लगेको बताए । लिङदेनले कोशी प्रदेश सरकार गठनमा राप्रपा तत्काल कसैको पक्ष र विपक्षमा नलाग्ने बताए ।

उनले भने, ‘अहिले हामी सत्ता गठबन्धनलाई सहयोग गरेर पनि जाँदैनौ हामी अहिलेको संविधानको धाराहरूको अभ्यासमा सहभागी हुँदैनौ ।’

लिङदेनले आफूहरूको एजेण्डा संघीयताखारेजीको भएको भन्दै संघीयता पक्षधरहरू नेपाली कांग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार बनाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा