१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्नु जालझेल : राजेन्द्र लिङदेन

१६ श्रावण २०८०, मंगलवार ०६:१५

साउन १६, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुखलाई राजीनामा गराएर कोशी प्रदेश सरकार गठन गर्नु जालझेल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले एउटा प्रदेशको सत्ता टिकाउन र सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम हुने बताएका हुन् ।

‘सरकार बनाउन उहाँहरूले सभामुखलाई राजीनामा दिन लगाउनुभयो । भोलि सरकार बनाउनका लागि एमालेले राजीनामा दिन लगाउने होला यसरी संविधानले परिकल्पना नगरेको अवस्थामा मुलुकलाई लैजानु गलत हो’, उनले भने, ‘सभामुखले राजीनामा दिएपछि उपसभामुखले राजीनामा दिनुहोला ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ एमालेले ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने होला । यसले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाँदैछ ।’

उनले संविधानलाई गीता, बाइबलजस्तो सच्याउनु हुँदैन भन्नेहरूले संवैधानिक जटिलतामा लगेको बताए । लिङदेनले कोशी प्रदेश सरकार गठनमा राप्रपा तत्काल कसैको पक्ष र विपक्षमा नलाग्ने बताए ।

उनले भने, ‘अहिले हामी सत्ता गठबन्धनलाई सहयोग गरेर पनि जाँदैनौ हामी अहिलेको संविधानको धाराहरूको अभ्यासमा सहभागी हुँदैनौ ।’

लिङदेनले आफूहरूको एजेण्डा संघीयताखारेजीको भएको भन्दै संघीयता पक्षधरहरू नेपाली कांग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार बनाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड