असोज १५, वीरगंज । नेकपा एमाले पर्साले वडा दशैं ,तिहार र छठ पर्वको उपलक्ष्यमा आज वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा  शुभकामन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १५, वीरगंज । नेकपा एमाले पर्साले वडा दशैं ,तिहार र छठ पर्वको उपलक्ष्यमा आज वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा  शुभकामन"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नेकपा एमाले पर्साद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

१५ आश्विन २०७३, शनिबार ०९:५३


असोज १५, वीरगंज । नेकपा एमाले पर्साले वडा दशैं ,तिहार र छठ पर्वको उपलक्ष्यमा आज वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा  शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

केन्द्रिय सदस्य प्रहलाद गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नं. २ का सांसद बिचारी यादव, सांसद रामचन्द्र साह, राष्ट्रिय उद्योग बिभागका सदस्य बालगोपाल थापा ,स्थानिय नेताहरु मेघराज पासवान, वृज यादव लगायतकाले आ आफनो  शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वीउमनपा वडा नं. २६ प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी प्रहलाद गिरीले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । 

 कार्यक्रममा दोस्रो संबिधान सभामा पर्सा क्षेत्र नं. २ बाट निर्वाचित सांसद बिचारी यादव लगायत पार्टीमा उल्लेखनिय भुमिका निर्वाह गरेका  तथा निर्वाचनमा  पार्टीलाई सहयोग गरेका पोलिट व्युरो सदस्य केदार न्योपान, राष्ट्रिय उद्योग बिभाग सदस्य बालगोपाल थापा, युवा नेता अरबिन्द सिंह, नेपाल वार एशोसिएसन पर्साका सचिव हरेराम सर्राफ, वडा कमिटी प्रसौनी बिर्ताका पुर्व अध्यक्ष रामनारायण महतो, सचिव लालबाबु कुशवाहा, स्थानिय महिला नेतृ दिपराजी बैठा, स्थानिय नेताहरु अवधकिसोर कुशवाहा, अमल यादव, जयनाथ दास, जोखन पासवान,रामानन्द महतो ,वृज यादव र पत्रकार राकेश साहलाई सम्मान गरिएको वडा अध्यक्ष लालबाबु यादवले बताए ।

 कार्यक्रममा पर्साका कार्यालय सचिव गांगा खड्का, महिला नेतृहरु प्रेमा पौडेल, उषा चौधरी स्थानिय नेताहरु मेघराज पासवान, राजकुमार सिंह,  महाबिर दास, हरेन्द्र दास, दिपक यादव, रबिन्द्र यादव , कान्ति देवी लगायत सयौं महिला पुरुषको उपस्तिथी रहेको थियो । 

कार्यक्रममा वडा कमिटी प्रसौनी बिर्ताका उपाध्यक्ष जगरनाथ दासले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण लालबाबु कुशवाहाले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड