साउन १६, काठमाडौँ | बितेको ५ दिनमा मात्रै नेपालमा १ हजार ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को आँकडा अनुसार सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
ईडीसीडीका अनुसार सात प्रदेश मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगु संक्रमण देखिएको छ । यस प्रदेशमा ३ हजार ८२१ केश पुष्टि भएको छ ।
यस्तै, दोस्रोमा बागमती प्रदेशमा ९६२ र गण्डकी प्रदेशमा ३५७ केश पुष्टि भएको छ । क्रमशः सुदूरपश्चिम प्रदेशमा ३२५, लुम्बिनी प्रदेशमा १७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ केस पुष्टि भएको छ ।