परराष्ट्र मन्त्रालयले भन्यो- गलत सूचनाका आधारमा विदेशी सेनामा नजानू

Posted on: 01 Aug, 2023

साउन १६, काठमाडौँ | परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेश सेनामा काम गर्न नजान भनेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिकहरू विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्र राष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजान अनुरोध गरेको छ।

‘यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन समेत सबैमा सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!