२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बलिउडका चर्चित कला निर्देशक नितिन देसाई मृत फेला, आत्महत्याको आशङ्का

२०८०, १७ श्रावण बुधबार ०७:००

साउन १७, काठमाडौँ | बलिउडका चर्चित कला निर्देशक नितिन देसाई महाराष्ट्रको रायगड जिल्लामा मृत फेला परेका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले प्रारम्भिक रूपमा हेर्दा यो आत्महत्याको घटना भएको बताए ।

उनको शव रायगढको कर्जतस्थित एनडी स्टुडियोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी अधिकारीले बताए ।


यो ठाउँ महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ५० किलोमिटर टाढा छ । उनले जानकारी पाए लगत्तै प्रहरी टोली त्यहाँ पुगेको बताए । प्रहरीका अनुसार उनले मङ्गलवार राति आत्महत्या गरेका थिए तर बिहान मात्रै थाहा भएको हो ।

एनडी स्टुडियो ४२ एकडमा फैलिएको छ । यसमा सबैभन्दा पहिला आमिर खानको फिल्म ‘मंगल पाण्डे’ को सुटिङ भएको थियो । 

प्रहरी अधिकारीले भने, ‘प्रहरीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।’ नितिन देसाई धेरै चर्चित फिल्महरूसँग जोडिएका थिए ।

नितिन देसाई ‘लगान’, ‘हम दिल दे चुके सनम’, ‘जोधा अकबर’ र  ‘राम रतन धन पायो’ जस्ता सफल फिल्मका कला निर्देशक थिए ।

सन् १९९० को दशकमा रिलिज भएको विधु विनोद चोपडाको फिल्म ‘१९४२ः अ लभ स्टोरी’ को सेट डिजाइन गरेपछि नितिन देसाई चर्चामा आए ।

नितिन देसाईले कला निर्देशकको रूपमा चार वटा राष्ट्रिय पुरस्कार जितेका थिए ।

उनले ‘देवदास’, ‘लगान’, ‘हम दिल दे चुके सनम’ र ‘डाक्टर बाबा साहेब अम्बेडकर’ का लागि अवार्ड पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा