२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेले घोषणा गरे महिलालाई निःशुल्क बसदेखि विदेशमा चितवन क्लब खोल्नेसम्मका कार्यक्रम

२०८०, १७ श्रावण बुधबार ०८:१४

साउन १७, काठमाडौँ | चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा रवि लामिछाने निर्वाचित  भएको बुधबार एक सय दिन भएको छ । उनी एक सय दिनभित्रमा आफूले गरेका काम र बनाएका योजना सुनाउन पर्दामा उभिएका थिए। उनले आफ्नो निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क बस सञ्चालन गर्नेदेखि विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारी दिने कार्यक्रहरू सुनाए। निर्वाचित भएको सयौं दिनमा लामिछानेले आफ्नो निर्वाचन क्षेत्रबाट केही नयाँ कामको थालनी नै गरेका छन्।

उनले विदेशमा रहेका नेपालीलाई स्वेदशमै कामको अवसर दिलाउने गरी अहिले एक सय जनालाई रोजगारीका लागि विज्ञापन गरेको बताए। विदेशमा सीप सिकेका, योग्यता हासिल गरेकालाई प्रोत्साहन गर्न मासिक ४० हजार रुपैयाँ देखि डेढ लाख रुपैयाँसम्म तलबमा काम गर्न आह्वान गरेको उनले बताए। रोजगारदाताको सर्तमा सहमत भए राष्ट्रिय स्वतन्त्र पार्टीले उनीहरुलाई काममा लगाउन समन्वय गर्ने लामिछानेले बताए। 

साथै निर्वाचनअघि गरेको घोषणाअनुरुप आफ्नो सचिवालयमा बेलायतबाट उच्च शिक्षा हासिल गरेर फर्किएका व्यक्तिलाई सिइओ बनाएको जानकारी लामिछानेले दिएका छन्। ४०० बढी आवेदनबाट अन्तर्वार्तामार्फत् बेलायतबाट उच्च शिक्षा हासिल गरेपछि जागिर छाडेर फर्किएका सूचना प्रविधि तथा डाटा सेन्टर कन्सल्टेन्ट तथा लेखक हेमन्त बराल छनोट भएको उनले जानकारी दिए।

चितवन क्षेत्र नम्बर २ का महिलाले निःशुल्क सेवा पाउनेगरी बुधबार ‘ब्लू बस’ को सेवा शुभारम्भ गरिएको छ। निलो रङको यो बस भरतपुरका विभिन्न रूटहरू चल्नेछ। पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाएर यो सेवा सुरू गरिएको छ। बसमा रहेको मेसिनमा कार्डले छोएपछि सेवा निःशुल्क हुने लामिछानेले बताए। कार्डले बसमा को-को चढे भन्ने कुराको रेकर्ड पनि रहनेछ। माग र उपयोगअनुसार समन्वय गरी भविष्यमा अन्य बस पनि थप गर्ने उनले बताए।

‘बसमा महिलाहरूका लागि आवश्यक पर्ने स्यानेटरी प्याड पनि रहनेछ। एउटा सूचना बक्स पनि रहन्छ। त्यसमा गुनासोहरू राख्न पाउनुहुन्छ,’ लामिछानेले भने, ‘एउटा जनप्रतिनिधिले सार्वजनिक यातायात कस्तो हुनुपर्छ भन्ने सपना देख्नुपर्छ। अझ सार्वजनिक सवारीमा महिलाको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्छ। देख्नुपर्छ, देखाउनुपर्छ।’

सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाका लागि निःशुल्क मोबाइल क्लिनिक सञ्चालनमा ल्याउने घोषणा गरे। एक जना एमबिबिएस डाक्टरसहितको मोबाइल क्लिनिकले घरघरमा गएर प्राथमिक उपचार सेवा दिनेछ। थप उपचार चाहिए सम्बन्धित अस्पताल र डाक्टर सिफारिस गर्न सहजीकरण गर्नेछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा