रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, राजनीतिक दस्तावेज, पहिलो महाधिवेशनका विषयमा छलफल हुने

Posted on: 03 Aug, 2023

साउन १८, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बैठक बोलाइएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए।

समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको उनको भनाइ छ । बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुने छ । 

पार्टीको राजनीतिक दस्तावेजलाई अन्तिम रूप दिने र आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने रास्वपाको तयारी छ । मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुनमा पहिलो महाधिवेशन सम्पन्न नेताहरु बताउँछन् ।

रास्वपामा १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहे पनि अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन् । सहमहामन्त्री कविन्द्र बुर्लाकोका अनुसार केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय सदस्य थप्ने तयारी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!