१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललिता निवास प्रकरणमा शाखा अधिकृत थुनेर तत्कालीन प्रधानमन्त्रीलाई नछोएकोमा शेखरको आपत्ति

१८ श्रावण २०८०, बिहीबार ०५:२०

साउन १८, काठमाडौं | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ललिता निवास जग्गा प्रकरणको छानबिनमा तत्कालीन प्रधानमन्त्रीहरू तानिने भएपछि सामसुम पार्न खोजिएको आशंका गरेका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाको पदस्थापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. कोइरालाले ठूला नेताहरूको नाम आउन थालेपछि अर्को काण्ड ल्याउने गरिएको बताए ।

कोइरालाले भने, ‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही न कोही मानिसहरु परेका छन् । अब यस्तो पनि कहिँ हुन्छ ? शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ मन्त्रिपरिषद्‌मा लैजाने भनेर । त्यो शाखा अधिकृत चाहिँ जेल गएर भर्खर अदालतको आदेशमा अहिलेको सचिवजी रिहा हुनुभएको छ । तर, जसले मन्त्रिपरिषदबाट निर्णय गरेको छ तिनीहरूलाई चाहिँ छुँदैन ।’

ललिता निवासको जग्गाको सन्दर्भमा मन्त्रिपरिषद्‌बाट निर्णय गर्नेबेला प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई थिए । डा. कोइरालले एकपछि अर्को काण्ड बाहिर आउने र माथिल्ला मान्छेहरू तानिएपछि अर्को काण्ड ल्याइने गरेको भन्दै सुनकाण्डमा पनि यही हुनेवाला रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन