सरकार भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको छ : गृहमन्त्री

Posted on: 03 Aug, 2023

साउन १८, काठमाडौं | उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको  बताएका छन् ।

माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य र सुशासनको सवालमा पार्टी भित्रकै नेता भए पनि नछाड्ने बताएका हुन् । 

सुशासन स्थापना गर्ने र जनतालाई राहत दिने सरकारको मुख्य कार्यभार रहेको उनले बताए । बुधवारको बैठकमा बोल्ने केन्द्रीय सदस्यले भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठले चालेको कदमको स्वागत गरेका थिए ।

 मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकारले शुरु गरेको अभियान नरोकिने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!