गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख पुगे प्रधानमन्त्री कार्यालय

Posted on: 03 Aug, 2023

साउन १८, काठमाडौँ | सरकारमाथि एक क्वीन्टल सुन तस्करी प्ररकरणमा छानबिन समिति बनाउन दवाव परिरहेको बेला गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

सरकारले उक्त प्रकरणमा विशेष अनुसन्धान समिति बनाउन लागेको अनुमान गरिएको छ ।

अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी बसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबी प्रमुख किरण बज्राचार्य सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

संवैधानिक परिषद्को बैठक बसिरहेकाले त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुसँग छलफल गर्न सक्ने बुझिएको छ ।

भन्सारको सामानभित्र लुकाएर हवाई मार्ग हुँदै भएको सुन तस्करीमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । संगठित अपराधमा अनुसन्धान नभएको र प्रहरीलाई जिम्मा नदिइएको भन्दै सरकारले आलोचना भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!