हेर्नुहोस्,आज कतिमा हुँदै छ कारोबार ?

Posted on: 04 Aug, 2023

साउन १९, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस्तै बिहीबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा करोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!