२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुन प्रकरणमा पक्राउ परेकी रूक्मिना हाजिर जमानीमा छुटिन्

२०८०, १९ श्रावण शुक्रबार ०७:२०

साउन १९, काठमाडौँ | सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा बिहीबार हाजिर जमानीमा छुटेकी छन्।

घाँटीको क्यान्सरकी बिरामी सुब्बालाई उपचार निम्ति हाजिर जमानीमा छाडिएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दियो। उनलाई बुवा र श्रीमानको जिम्मामा छाडिएको हो।

यो प्रकरणमा अहिलेसम्म १८ जनालाई पक्राउ गरिएको थियो। तीमध्ये सुब्बा छुटेकी हुन्।


विभागले पछिल्लो समय साउन १४ गते बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो। त्यसअघि साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङलाई पक्राउ गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत तीन जना कर्मचारी पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्। उनीहरूको कार्य-सम्पादनमा लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो। पछि उनीहरूलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो।

त्‍यस्तै, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्।

उनीहरूमाथि विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट साउन २ गते छुटेको अन्दाजी १०० किलो सुन विभाग टोलीले बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट ल्याइएको ब्रेक-शुमा लुकाएर सुन भित्र्याइएको थियो। रेडी ट्रेड प्रालिले उक्त सामान मगाएको थियो।

बरामद गरिएको सुन तौलिन राष्ट्र बैंकको टक्सार महाशाखामा बुझाएको छ। तर अहिलेसम्म तौलिएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा