१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र अब अनलाइनबाटै प्रमाणीकरण गरिने

१९ श्रावण २०८०, शुक्रबार १०:१७

साउन १९, काठमाडौँ | सरकारले प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रूपमा अनलाइनबाटै प्रमाणीकरण गर्ने भएको छ।

साउन २१ गतेदेखि उक्त सेवा सुरू हुन लागेको हो । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले आइतबारदेखि अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सुरू गर्नेछ।

परराष्ट्रमन्त्री एनपी साउदले साउन ८ मा कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिन भित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत गरिने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।  

अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरु अनलाइनमार्फत हुने भए पनि कन्सुलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छ्याएको व्यक्ति उपस्थित हुनैपर्ने बाध्यता छ।

प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण अनलाइन हुने भएपछि  राहदानी विभागमा सेवाग्राहीको भीड कम हुने छ । मन्त्री साउदले नै आइतबार कन्सुलर सेवा विभाग त्रिपुरेश्वर पुगेर यो सेवाको शुभारम्भ गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन