२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्वोच्चले सजायमा रोक लगाएसँगै राहुल गान्धीको सांसद पद पुनर्बहाली

२०८०, १९ श्रावण शुक्रबार १२:३५

 साउन १९, काठमाडौँ | भारतको सर्वोच्च अदालतले कंग्रेस आईका नेता राहुल गान्धीमाथिको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ।

यथेष्ट प्रमाणबिनै सुरत जिल्ला अदालतले गान्धीमाथि २ वर्षको सजाय सुनाएको भन्दै सर्वोच्चले उक्त सजाय रोक लगाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

सर्वोच्चले सजाय गर्नु नपर्ने आदेश दिएसँगै गान्धीलाई राहत मिलेको छ।

गान्धीलाई मानहानी मुद्दामा २ वर्ष सजाय सुनाइएको थियो। यससँगै गान्धी लोक सभा सांसदका लागि पनि अयोग्य भएका थिए।

गत चैतमा सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो। यसविरूद्ध गान्धीले उच्च अदालतमा पनि पुनरावेदन गरेका थिए।

४ वर्षअघि लोकसभा चुनावका क्रम कर्नाटकाको कोलारमा भाषण गर्दै गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए।

सर्वोच्चको आदेशपछि भारतीय कंग्रेस आईले पत्रकार सम्मेलन गरेको छ। कंग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले सर्वोच्चको फैसलाको स्वागत गरेका छन्। उनले लोकतन्त्रको जीत भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु