१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्वोच्चले सजायमा रोक लगाएसँगै राहुल गान्धीको सांसद पद पुनर्बहाली

१९ श्रावण २०८०, शुक्रबार १२:३५

 साउन १९, काठमाडौँ | भारतको सर्वोच्च अदालतले कंग्रेस आईका नेता राहुल गान्धीमाथिको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ।

यथेष्ट प्रमाणबिनै सुरत जिल्ला अदालतले गान्धीमाथि २ वर्षको सजाय सुनाएको भन्दै सर्वोच्चले उक्त सजाय रोक लगाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

सर्वोच्चले सजाय गर्नु नपर्ने आदेश दिएसँगै गान्धीलाई राहत मिलेको छ।

गान्धीलाई मानहानी मुद्दामा २ वर्ष सजाय सुनाइएको थियो। यससँगै गान्धी लोक सभा सांसदका लागि पनि अयोग्य भएका थिए।

गत चैतमा सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो। यसविरूद्ध गान्धीले उच्च अदालतमा पनि पुनरावेदन गरेका थिए।

४ वर्षअघि लोकसभा चुनावका क्रम कर्नाटकाको कोलारमा भाषण गर्दै गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए।

सर्वोच्चको आदेशपछि भारतीय कंग्रेस आईले पत्रकार सम्मेलन गरेको छ। कंग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले सर्वोच्चको फैसलाको स्वागत गरेका छन्। उनले लोकतन्त्रको जीत भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन