प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच बालुवाटारमा भेटवार्ता

Posted on: 05 Aug, 2023

साउन २०, काठमाडौं | गौर हत्याकाण्डका पीडित आज बालुवाटार पुगेर  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको संघर्ष समितिको संयोजक रुपसागर देवीले जानकारी दिइन् ।

गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन् ।उनिहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले आज छलफल गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!