विश्वम्भर श्रेष्ठ आजदेखि कामु प्रधानन्यायाधीश

Posted on: 06 Aug, 2023

साउन २१, काठमाडौँ | उमेरहदका कारण हरिकष्ण कार्कीको अवकास भएपछि सर्वोच्च अदालतको नेतृत्व आइतवारदेखि विश्वम्भर श्रेष्ठले सम्हालेका छन् । संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठतम् न्यायाधीश श्रेष्ठले आइतवारदेखि कामु प्रधानन्याधीशको जिम्मेवारी सम्हालेका हुन् । 

बिहीवार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गर्दै सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाएको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । 

सुनुवाइ समितिको बैठक बसेर प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने र सुनुवाइ गर्ने लगायत प्रक्रिया पूरा गर्न झण्डै ३ साता लाग्ने संसद् सचिवालय स्रोतले जानकारी दियो । 

त्यो बेलासम्म सर्वोच्च कामुको जिम्मामै रहने छ । २०१६ सालमा डोटी जिल्लामा जन्मेका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी जिल्ला, उच्च अदालत हुँदै सर्वोच्च अदालको न्यायाधीश बनेका थिए । २०७३ साल १७ देखि उनी सर्वोच्च अदालको न्यायाधीश बनेका थिए । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!