पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको निर्णय

Posted on: 06 Aug, 2023

साउन २१, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ । 

दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नुअघि बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । 

२२ जना पदाधिकारी रहेको माओवादीका कसले कुन जिम्मेवारी पाए भन्ने सम्बन्धमा उनले खुलाउन चाहेनन् । 

अध्यक्ष प्रचण्डले  बैठकमा उठेको प्रश्नहरूको जवाफ दिएपछि केन्द्रीय समिति बैठक सकिँदै छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!