१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सबै तहका कमिटी निर्वाचनमार्फत चयन गर्ने माओवादीको निर्णय

२१ श्रावण २०८०, आईतवार ११:४९

साउन २१, काठामाडौँ । नेकपा माओवादी केन्द्रले सवै तहका कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने भएको छ । परम्परागत ढंगले कमिटीहरु गठन गर्दा चलायमान हुन नसकेको निष्कर्षका साथ अबदेखि माओवादीले निर्वाचन पद्दतिमार्फत कमिटीहरु गठन गर्न लागेको हो ।

माओवादीले अहिलेसम्म अधिकांश पार्टी कमिटी चयन गर्दा टीके प्रथाबाट गर्दै आएको थियो ।  माओवादी केन्द्रकी केन्द्रीय सदस्य नारायणी शर्माले बैठकले पार्टी तथा जनसंगठनका सम्पूर्ण कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने जानकारी दिइन् ।  शर्माका अनुसार बैठकले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पनि सातै प्रदेशका सातवटा वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अन्र्तगत खटिने निर्णय भएको छ । 

यस्तै सबै पदाधिकारीको कार्यविभाजन तोकिएको छ भने रुपान्तरण अभियानको कार्यक्रम तय भएको छ । आगामी भदौ १६ गते एक समारोहकाबीच अभियानको शुभारम्भ गर्नेपनि केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।  केन्द्रीय कमिटी बैठकबाट जिम्मेवारी पाएका पदाधिकारीहरुले स्थायी र केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजनको टुंगो लगाएर सर्कुलर जारी गर्ने महासचिव देव गुरुङले जानकारी दिए । 

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा पाँच दिन चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक एकअर्कालाई प्रशिक्षित गर्ने र अन्तरक्रिया गर्ने थलोका रुपमा प्रभावकारी भएको बताए ।  उनले भने, ‘यो बैठक आत्मालोचनाको बैठक पनि भयो । हामीले जतिबेला जनयुद्ध गर्ने भनेका थियौं, त्यतिबेला पनि नेताप्रति अविश्वास थियो । त्यसैगरी अहिलेसम्म पनि अबको बाटो कुन हो भनेर आलोचना खेप्नु परिरहेको छ ।’

अध्यक्ष प्रचण्डले पार्टीले जनसम्बन्धलाई बचाइराख्न नसकेकोे स्वीकार गरे ।  ‘हरेक असफलताको प्रयोगबाट फेरि उज्यालो बाटो देखिन थालेको छ । हामी माओवादी मात्र छैनौं, जनआन्दोलनबाट आएकाहरु पनि हुनुहुन्छ । यो सवै कुरालाई बुझ्न जरुरी छ’, प्रचण्डले भने, ‘अब हामी नयाँ बैचारिक स्तरबाट उठ्न जरुरी छ ।’

पार्टी रुपान्तरुणको अभियान आजैबाट सुरु भएको भन्दै अध्यक्ष प्रचण्डले अव पछि फर्कने छुट नभएको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन