२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डलाई मोदीले किन गरे फोन ?

२०८०, २२ श्रावण सोमबार ०८:३८

साउन २२, काठमाडौँ | प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर छिमेकी मुलुकले नेपाललाई हस्तक्षेप गरेको र प्रचण्डको भारत भ्रमणमा स्वार्थ बाहेक केहि नदेखिएको आरोप लगाइरहेको छ । प्रतिपक्षी भारतप्रति यसरी आक्रामक भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँग फोन संवाद गरेका छन् । एमालेको आक्रामक प्रवृति जारी रहेका समय मोदीले प्रचण्डलाई फोन गर्नुलाई अर्थपूर्ण मानिएको छ । भारतसँगको सम्बन्धप्रति नेपालमा भइरहेको बहसमा समेत चासो राख्दै गरेको यो प्रयासको भित्री कारण के हो त ?

नेपाल–भारत सम्बन्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा लगाएको अघोषित नाकाबन्दी यता खासै सुधार हुन सकेको देखिन्न् । नाका बन्दी पहिले मोदी नेपाल आउँदा देखिएको स्वागत र नेपाली जनताले देखाएको आथित्यताले नै मोदीको क्रेज नेपालमा धेरै थियो भन्ने प्रष्ट पार्छ । तर, नाकाबन्दी पछि अधिकांश नेपाली मोदीको क्रेजबाट टाढा छन् ।

भारतले लगाएको अघोषित नाकाबन्दीपछि नेपाल–भारत सम्बन्ध थप समस्यामा पर्दै गएको देखिन्छ । द्विपक्षीय भेटवार्ता र भ्रमण भएपनि यी प्रयासहरु खासै सार्थक मोडमा पुग्न सकेको देखिन्न । अझं, नेपालको संसदले कालापानी र लिम्पियाधुरा समेटर नयाँ नक्सा जारी गरेपछि सम्बन्धमा अर्काे दरार कायमै छ । दुई देशबीच अपेक्षाकृत सम्बन्ध सुधार हुन नसक्दा नेपाल अन्य देशको इशारामा चल्न सक्ने खतरा देखेका कारण पनि भारत ठूलो दूरी कायम गर्न चाहन्न ।

यता, प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निरन्तर भारतप्रति रोष व्यक्त गरिरहेका छन् । भारतले महाकाली नदी भनेर कुलो खनेर हेपिरहेको उनको तर्क छ ।

ओली र एमालेले भारतको व्यवहार हेपाहा रहेको जिकिर गरिरहेका बेला ठूलो जनमत रहेको पार्टीको अध्यक्षको सार्वजनिक अभिव्यक्तिले सम्बन्धमा थप दरार आउन सक्ने देखेकै कारण भारतीय पक्ष केहि सतर्क रहेको देखिन्छ । यहि छेकोमा मोदीले प्रचण्डलाई फोन गरेर द्विपक्षीय सम्बन्ध सुधार, सहमति कार्यान्वयन लगायतका विषयमा छलफल गरेको विषय सार्वजनिक भएको छ । भातयीय पक्षले नै प्रचण्डसँग सम्वाद भएको विषय सार्वजनिक गरेको छ। मोदीले शनिबार प्रचण्डलाई टेलिफोन गरेका हुन् । प्रचण्डको भारत भ्रमणपछि मोदीसँग भएको यो पहिलो टेलिफोन संवाद हो । भारतको प्रेस इन्फरमेसन ब्युरोद्वारा जारी विज्ञप्तिमा फोन सम्बादको विषय उल्लेख गरिएको छ । भारतले नेपाल छिमेकी पहिलो नीतिको प्रमुख साझेदार भएको उल्लेख गर्दै फोन वार्ताले उच्चस्तरिय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु