१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डलाई मोदीले किन गरे फोन ?

२२ श्रावण २०८०, सोमबार ०८:३८

साउन २२, काठमाडौँ | प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर छिमेकी मुलुकले नेपाललाई हस्तक्षेप गरेको र प्रचण्डको भारत भ्रमणमा स्वार्थ बाहेक केहि नदेखिएको आरोप लगाइरहेको छ । प्रतिपक्षी भारतप्रति यसरी आक्रामक भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँग फोन संवाद गरेका छन् । एमालेको आक्रामक प्रवृति जारी रहेका समय मोदीले प्रचण्डलाई फोन गर्नुलाई अर्थपूर्ण मानिएको छ । भारतसँगको सम्बन्धप्रति नेपालमा भइरहेको बहसमा समेत चासो राख्दै गरेको यो प्रयासको भित्री कारण के हो त ?

नेपाल–भारत सम्बन्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा लगाएको अघोषित नाकाबन्दी यता खासै सुधार हुन सकेको देखिन्न् । नाका बन्दी पहिले मोदी नेपाल आउँदा देखिएको स्वागत र नेपाली जनताले देखाएको आथित्यताले नै मोदीको क्रेज नेपालमा धेरै थियो भन्ने प्रष्ट पार्छ । तर, नाकाबन्दी पछि अधिकांश नेपाली मोदीको क्रेजबाट टाढा छन् ।

भारतले लगाएको अघोषित नाकाबन्दीपछि नेपाल–भारत सम्बन्ध थप समस्यामा पर्दै गएको देखिन्छ । द्विपक्षीय भेटवार्ता र भ्रमण भएपनि यी प्रयासहरु खासै सार्थक मोडमा पुग्न सकेको देखिन्न । अझं, नेपालको संसदले कालापानी र लिम्पियाधुरा समेटर नयाँ नक्सा जारी गरेपछि सम्बन्धमा अर्काे दरार कायमै छ । दुई देशबीच अपेक्षाकृत सम्बन्ध सुधार हुन नसक्दा नेपाल अन्य देशको इशारामा चल्न सक्ने खतरा देखेका कारण पनि भारत ठूलो दूरी कायम गर्न चाहन्न ।

यता, प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निरन्तर भारतप्रति रोष व्यक्त गरिरहेका छन् । भारतले महाकाली नदी भनेर कुलो खनेर हेपिरहेको उनको तर्क छ ।

ओली र एमालेले भारतको व्यवहार हेपाहा रहेको जिकिर गरिरहेका बेला ठूलो जनमत रहेको पार्टीको अध्यक्षको सार्वजनिक अभिव्यक्तिले सम्बन्धमा थप दरार आउन सक्ने देखेकै कारण भारतीय पक्ष केहि सतर्क रहेको देखिन्छ । यहि छेकोमा मोदीले प्रचण्डलाई फोन गरेर द्विपक्षीय सम्बन्ध सुधार, सहमति कार्यान्वयन लगायतका विषयमा छलफल गरेको विषय सार्वजनिक भएको छ । भातयीय पक्षले नै प्रचण्डसँग सम्वाद भएको विषय सार्वजनिक गरेको छ। मोदीले शनिबार प्रचण्डलाई टेलिफोन गरेका हुन् । प्रचण्डको भारत भ्रमणपछि मोदीसँग भएको यो पहिलो टेलिफोन संवाद हो । भारतको प्रेस इन्फरमेसन ब्युरोद्वारा जारी विज्ञप्तिमा फोन सम्बादको विषय उल्लेख गरिएको छ । भारतले नेपाल छिमेकी पहिलो नीतिको प्रमुख साझेदार भएको उल्लेख गर्दै फोन वार्ताले उच्चस्तरिय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन